Butwal Today

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

१६ चैत्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा एक व्यक्तिविरुद्ध उजुरी दिएका छन् ।

अध्यक्ष साम्पाङले सुनिता खड्का नामको टिकटक आइडिबाट आफ्नो घरसमेत जलाउने धम्की आएकाले उजुरी दिएको जानकारी दिए ।

“म लगायत मेरो घर परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको साथै घर जलाउने धम्की दिइ आमसञ्चार माध्यममा टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालमा अपशब्द प्रयोगका साथै गालीगलौज गरी समाजमा भ्रम फैलाएको हुँदा प्रचलित नेपाल सरकारको कानून बमोजिम हदैसम्मको कारवाही गरी पाऊँ”,अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

यस विषयलाई लिएर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा समेत प्रतिक्रिया जनाउँदै सरकार र सम्बन्धित निकायले आफ्ना समर्थकविरुद्ध कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?