© 2026
बुटवल । नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडले ‘ग्लोबल मनि विक २०२६’ कार्यक्रम लुम्बिनी प्रदेशभर भव्य रूपमा सम्पन्न गरेको छ ।
बैङ्कले चैत २ गतेदेखि ८ गतेसम्म साताव्यापी रूपमा सञ्चालन गरेको उक्त अभियानमार्फत वित्तीय साक्षरता अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याएको जनाएको छ ।
नेपाल बैङ्कका अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका आफ्ना २९ शाखामार्फत विद्यार्थी तथा युवालाई लक्षित गर्दै विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूलाई बचत गर्ने बानीको विकास, जिम्मेवार कर्जा प्रयोग, सुरक्षित लगानी, बिमा र शेयर बजारसम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको थियो ।
बैङ्कले यस्ता कार्यक्रममार्फत व्यक्तिको आर्थिक व्यवहार सुधार गर्दै दीर्घकालीन आर्थिक समृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
विशेष गरी विद्यालय तथा कलेज स्तरका विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएका सत्रहरूमा दैनिक जीवनमा आवश्यक वित्तीय ज्ञानलाई सरल र व्यवहारिक ढङ्गले प्रस्तुत गरिएको थियो ।
त्यसै गरी कार्यक्रममा डिजिटल बैंकिङ्गको प्रयोगबारे पनि विशेष प्रशिक्षण दिइएको थियो ।
मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका सेवाहरूको प्रयोग, त्यससँग सम्बन्धित सम्भावित जोखिम तथा अपनाउनुपर्ने सावधानीबारे सहभागीहरूलाई जानकारी गराइएको बैङ्कले जनाएको छ । डिजिटल कारोबार सुरक्षित बनाउन सचेतना अभिवृद्धि गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो ।