© 2026
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले देशको अवस्था परिवर्तन गर्न नागरिकले योगदान गर्नुपर्ने समय आएको बताएका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ मा निर्वाचित भएपछि तारकेश्वर नगरपालिका–४ लोलाङमा आज स्थानीयसँग सक्षात्कार गर्दै उनले सक्षम नागरिकले आफ्नो सक्रिय भूमिका निर्वाह गरेर राष्ट्र निर्माणमा योगदान गर्नुपर्ने आवश्यकता औँल्याए ।
“यहाँहरुले प्राप्त गरेको ज्ञानलाई राष्ट्र निर्माणमा उपयोग गर्न सक्नुपर्छ”, उनले भने । सांसद पराजुलीले युग परिवर्तन तथा राष्ट्र र सन्ततिको भाविश्य सुनिश्चित गर्न मतदाताले गरेको मत क्रान्तिको हिम्मतप्रति आभार प्रकट गरे ।