© 2026
बुटवल। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको छ। रास्वपाले लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ ४६.१६ प्रतिशत मत प्राप्त गरेको छ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा गरी २० लाख २१ हजार ९६१ मत खसेको थियो। रास्वपाले खसेको मतमध्ये ९ लाख ३३ हजार ३५२ मत प्राप्त गरेको हो।
त्यस्तै, लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले खसेको कुल मतको १६.२५ प्रतिशत अर्थात् ३ लाख २८ हजार ७१९ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा एमालेले खसेको मतमध्ये १४.६६ प्रतिशत अर्थात् २ लाख ९६ हजार ५४२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
लुम्बिनी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले ७.६७ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.९५ प्रतिशत मत प्राप्त गरेका छन्।
निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा ५७ वटा राजनीतिक दल चुनावमा भाग लिएकोमा ५ वटा दलबाहेक अन्य दलले थ्रेस होल्ड पुर्याउन सकेनन्।
रास्वपाले लुम्बिनीका २६ प्रत्यक्ष सिटमध्ये २१ सिट जितेको छ।