ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

मदिरा व्यवसायी संघले बनायो वार्षिक कार्ययोजना

२४ पुष २०७९, आईतवार
२४ पुष २०७९, आईतवार

भैरहवा, २४ पुस ।

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको वार्षिक कार्यशाला गोष्ठी–२०७९ शुक्रबार र शनिबार कपिलवस्तुको शिवराज नगरपालिकास्थित चन्द्रौटामा सम्पन्न भएको छ । चन्द्रौटास्थित सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा भएको कार्यशाला गोष्ठी (बैठक) ले वार्षिक कार्ययोजना तय गरेको संघका अध्यक्ष केशवराज ज्ञवालीले बताए ।

बैठकले मदिरा व्यवसायी संघमा आबद्ध सम्पूर्ण व्यवसायीहरुको स्तर निर्धारण गरी डिलर थोक विक्रेता र फुटकर विक्रेता छुट्याई नविकरण दस्तुर प्रमाणपत्रको स्तर फरक गर्ने, सदस्यहरुको व्यक्तिगत विकासमा टेवा पुग्ने गरी संघका सम्पूर्ण सदस्यहरुलाई व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वप्रति लगाव हुने गरी अभिमुखीकरण तालिम सञ्चालन गर्ने, वनभोज कार्यक्रम, मदिरा व्यवसायीहरुको फर्म दर्ता नविकरण तथा घरदैलो कार्यक्रम, नयाँ वर्ष २०८० को क्यालेण्डर प्रकाशन, बिमोचन, शुभकामना आदानप्रदान, व्यावसायिक राहत कोषको रकम छुट्याई छुट्टै बैंक खाता सञ्चालन, दशैं, तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना गर्ने निर्णय गरेको छ ।

त्यस्तै उत्पादक कम्पनी तथा डिलरसँग छलफल गर्ने, मदिरा व्यवसायीहरुको गुनासो सुन्ने, छलफल गराउने, डेलिगेशन जाने, रेटमा एकरुपता ल्याउन पहल गर्ने, संघको विधानले तोकेको क्षेत्रभित्र नयाँ व्यवसायी पहिचान गरी दर्ता नविकरण शुल्क लिइ संस्थामा आबद्ध गराउने, समयानुकुल उद्योग, व्यापार, पर्यटन क्षेत्रको अध्ययन अवलोकन भ्रमण, बजेटमा राजस्वका दर, भन्सार दर, नगरपालिकाका राजस्व निर्धारण गरिने दर, आर्थिक वृद्धि, निजी क्षेत्रका समस्या समाधानका लागि सल्लाह सुझाव पेश गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनसँग छलफल तथा अन्तत्र्रिmया, अन्य मदिरा व्यवसायी संघ तथा संघ–संस्थासँग छलफल तथा अन्तत्र्रिmया गरी सुझाव सल्लाह लिने, रक्तदान कार्यक्रम, स्थापना दिवस मनाउने, कर शिक्षा तालिम आयोजना गर्ने, स्थानीय तह, सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुसँग आवश्यक समन्वय र सहकार्य गर्ने, व्यवसायी राहत कोषको लागि अध्ययन तथा वितरण, सडक खाना महोत्सव, वृद्धि भएको व्यावसायिक कर्जाको ब्याजदरविरुद्ध आवश्यकताअनुसार विभिन्न संघ–संस्थासँग सहभागी भइ कार्यक्रम गर्ने, सहुलियत दरमा बैंकले दिने महिला उद्यमी ऋण अन्य व्यवसायी जस्तै मदिरा व्यवसायीलाई दिनुपर्ने माग राख्दै सम्बन्धित निकायसँग छलफल तथा डेलिगेशन गर्ने, कार्यालयमा कर्मचारी, आवश्यक सामग्री खरिद गर्ने, कार्यालयलाई चुस्तदुरुस्त राखी सञ्चालन गर्ने, सूचना तथा सञ्चार माध्यमसँग समन्वय गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले व्यवसायीको गुनासो सुन्ने, छलफल गर्ने, बजारमा सामान बाहिरबाट आउने दररेटमा एकरुपता गर्ने÷गराउने र सरकारी अनुगमनमा सहभागी हुने, वार्षिक कार्ययोजना मूल्यांकन समिति संयोजकहरुको कार्यमूल्यांकन समिति समेत बनाएको संघका महासचिव केशव कुंवरले जानकारी दिए ।

कार्यशाला गोष्ठीले सम्पूर्ण कार्यक्रम सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी समेत दिएको संघले जनाएको छ । बैठकमा रिपोर्टिङ तथा गत वर्षको कार्ययोजनाको समीक्षा सम्बन्धमा मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार तथा वार्षिक कार्ययोजना संयोजकहरुको कार्यमूल्यांकन समितिका संयोजक चिरञ्जीवि राउतले बोलेका थिए ।

त्यस्तै २०७९ मंसिरसम्मको आम्दानी÷खर्च तथा २०७९÷२०८० को अनुमानित आय व्यय विवरण कोषाध्यक्ष यादव पोखरेलले प्रस्तुत गरेका थिए ।

कार्यशाला गोष्ठीमा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले व्यवसायीका समस्या समाधान गर्न सामूहिक रुपमा पहल गर्नुपर्नेमा जोड दिए । उनले स्वदेशी बजारको प्रवद्र्धन र चलायमान बनाउन मिलेर अगाडि बढ्नुपर्ने बताए ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष अनिल कुमार ज्ञवालीले मदिरा व्यवसायी संघ, भैरहवाले छोटो समयमा उत्कृष्ट र मन छुने काम गरेको बताए । उनले उद्योग व्यापार संगठन, रुपन्देही र मदिरा व्यवसायी संघ भैरहवाबीच घनिष्ट सम्बन्ध रहेको बताए ।

कार्यक्रममा मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीका अध्यक्ष केशवराज ज्ञवाली, वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डे, महासचिव केशव कुंवर, होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघ–नेपालका उपमहासचिव राजेश महोत्रा, मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिमबहादुर खत्री, ठाकुरकुमार श्रेष्ठ, मृगेन्द्र गोविन्द श्रेष्ठ लगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?