Butwal Today

समानुपातिकको मतगणना सुरु

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरगतको सामानुपातिकतर्फको पनि मतगणना सुरु भएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले काठमाडौँ १ बाट समानुपातिकतर्फको मतगणना थालिएको जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म समानुपातिकतर्फ १९ हजार ७२८ मतगणना हुँदा ११ हजार ५६२ मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याएको छ । यस्तै समानुपातिकतर्फ नेपाली कांग्रेसले ३ हजार ६६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७५२, नेकपा (एमाले) ले १ हजार १५२, श्रम स।स्कृति पार्टीले ४४१, नेपाली कम्युनिष्ट पार्टीले ३९२ मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय परिवर्तन पार्टीले २७३ मत प्राप्त गरेका छन् भने अन्य विभिन्न दलले १०० भन्दा तल मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?