© 2026
सुर्खेत ।
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाहीको अग्रता कायमै छ । एक हजार २४५ मत गणना हुँदा शाहीले ५४१ मत ल्याएर अग्रस्थानमा छन् ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारी ४३५ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली काँग्रेसका उम्मेदवार दीपबहादुर शाही १५४ मत पाएर तेस्रो स्थानमा छन् ।
नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले ७२ मत पाएका छन् । रास्वाका उम्मेदवार विनिता कठायतले ९ मत पाएकी छन् ।