© 2026
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनमा जितको खाता खोलेको छ ।
भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार काठमाडौँ क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।
उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन् । अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रले यसपटक ३ हजार ९७२ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा (एमाले) का मोहनराज रेग्मीले १ हजार ६१८ मत, नेपाल कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत तथा श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत प्राप्त गरेका छन् ।
यस जितसँगै रास्वपाले प्रतिनिधि सभा निर्वाचनमा आफ्नो विजयी खाता खोलेको हो ।