Butwal Today

आजको मौसम: तराईमा हुस्सु, पहाडमा बादल

२० फाल्गुन २०८२, बुधबार
अ+
अ-
काठमाडौँ ।   हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ ।
हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका केही स्थानमा आज दिउँसो हुस्सु रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज राति तराई भूभागका केही स्थानमा तुवाँलो रहनेछ । महाशाखाका अनुसार कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?