© २०२३
लमही २१ पुस( लमही नगरपालिकमाद प्रमुख प्रशाकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको विषय पेचिलो वन्दै गएको छ । अधिकृत डाँगीलाइ सरुवा गराउने र लमहीमा कामकाज गर्न दिनेगरि जनप्रतिनिधीहरु विच भएको विमत्तीसंगै डाँगीका विरोद्धमा कर्मचारीहरु उत्रिएको महिनौ दिन वितिसक्दा समस्या हल नहुदा यो विषय झन पछि झनै पेचिलो बनेको हो ।
नगरपालिका महिनौ दिन देखि प्रशासकिय प्रमुख बिहिन बन्दा नगरपालिकाको दैनिक हुने प्रशासन देखि अन्य काम काज समेत ठप्प बनेको छ ।
गत भदौको पहिलो हप्ता सुरुवा भएका डाँगी असोजको १२ गते स्टेअडरका साथ काममा फर्किएका थिए । उनिकाममा फर्किए पनि जनप्रतिनिधी विचको विवादका कारण कामगर्ने बातावरण नहँदा काजमै बस्दै आएका छन ।
नगरपालिकावाट लिइने साना ठूला सिफारिस नपाउँदा सेवाग्राही मर्कामा परेको बताउँछन । पुस महिना वितिसक्दा समेत आर्थिक वर्ष २०७९÷८० कुनैपनि विकास संम्झौता भएका छैनन् भने टेण्डर भएका योजनाका काम समेत नभएको उपभोक्ता मार्फत निर्माण गरिएका योजना सम्पन्न भएका कामको बील,भरपाइ भुक्तानी नभएको वडा नम्वर ५ का अध्यक्ष ओम प्रसाद सुवेदी बताउँछन ।
यता नगरपालिकाको आम्दानीको स्रोतमानिने गिट्टी वालुवाको टेण्डर समयमै हुन नसक्दा अनुमानित आम्दानी झण्डै ८ करोड घाटा हुने पर्ने वडा अध्यक्ष सुवेदीले बताए ।
पहिलो चरणमा भदौको दोस्रो साता लमही नगरपालिकाबाट बर्दियाको मदुवनी नगरपालिकाका नियमित सुरुवा भएका अधिककृत १ महिना नवित्दै पूनःलमही नगरपालिकाका फिर्ताआए लगतै विवाद सुरु भएको हो । नगरपालिकाका प्रमुख उपप्रमुख डाँगीको पक्षमा अन्य जनप्रतिनिधी विपक्षमा उभिए पछि डाँगीले उच्च अदालत तुलसीपुरमा हाजिर हुन पाउँ भनि मुद्दा दर्ता गराएका थिए । अदालतको स्टे अडर वमोजिम उनि विवादका विच लमहीमा पून हाजिर भए तर काम गर्ने वातावरण नमिलेको डाँगी वताउँछन । उनी अहिले पनि लमही नगरपालिकाको कार्यकारी अधिकृत भएको वताउँदै प्रमुख ,उपप्रमुखले मन्त्रालयवाट अनेत्रजान नदिइल्याएको बताउँछन । अन्य जनप्रतिनिधी र कर्मचारीले आफूप्रति रिसीबी साचेको बताउँछन ।
हाजिरभए लगतै आफनो पक्षमा नदेखिएका कर्मचारीहरु लाइ ज्यादती गर्दै आएको लमही नगरपालिका पशु शाखाका अधिकृत शिव अधिकारीले वताए । कर्मचारीको आन्त्तरिक विवादका वावजुद छैठौं पदमा प्रशासन प्रमुख रहेका महेश ठेडीलाइ पाँचौमा सरुवा गरिदिए पछि कर्मचारी विवादले उग्ररुप लिएको थियो । ठेडीको सरुवा लगतै कर्मचारी अधिकृत विरोद्धमा उत्तिएका थिए । अहिले डाँगीले आफूले सहज रुपमाका काम गर्न पाउँभनी अदालतमा ३ वटा मुद्दा दर्ता गराएका छन ।
पहिलो आफूले सहज रुपमा काम गर्न पाउँ भनि, दोस्रो आफू विरुद्धमा उत्रीएकाजनप्रतिनिधीहरु कर्मचारीहरु जयादती विरुद्ध फौजदारी मुद्दा दर्ता गराएका छन । पछिल्लो समयमा नगरपालिका विषयले जानीतिक दलहरु पनि तातिएका छन ।
नेकपा माओवादी केन्द्रले विहिवार पत्रकार सम्मेलन गरि विवाद सुल्झाउन दवाव दिएको छ । जनताका जनजिवीका संग जोडिएको नगपालिकामा हुनै काम काज ठप्प रहेको भन्दै नगरप्रमुखलाइ समयमै समस्या समाधान गर्न आग्रह गर्दै विवादित वनेका प्रशासकिय अधिकृतलाइ सहज रुपमा सरुवा भइ वाटो खुलाइ दिइ वुद्धिमानि हुने बताएका छन । केन्द्रले एक विज्ञप्ती निकाली समयमै समाधान नभए आफूहरुले हस्तक्षेपकारी भूमिका खेल्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।