Butwal Today

रास्वपाको भैरहवा चुनावी कार्यक्रम स्थगित

८ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

 बुटवल ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा फागुन ९ गते आयोजना गर्ने तय भएको चुनावी सभा स्थगित गरेको छ ।

रास्वपा रुपन्देही–३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले पार्टी केन्द्रबाट सभा स्थगित गर्न निर्देशन आएको जानकारी दिए ।

संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापनलगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार–प्रसार तथा मञ्च निर्माणको कामसमेत अघि बढिसकेको थियो ।

गत राति दाङमा रास्वपा समर्थकहरूले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा जलाएको तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नाराबाजी गरेको घटनापछि रुपन्देहीको सभा स्थगित गरिएको हुनसक्ने राजनीतिक वृत्तमा अनुमान गरिएको छ ।

एमाले कार्यकर्ताहरूले आफ्नो पार्टीको झण्डा जलाइएको र नेतृत्वविरुद्ध नाराबाजी गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?