Butwal Today

उद्यमशीलता विकासमा महिलामैत्री वातावरण निर्माण सरकारको प्राथमिकता : मन्त्री सिन्हा

१ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

ललितपुर ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले उद्यमशीलता विकासमा महिलामैत्री वातावरण निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन। न्यू विजनेश एज लिमिटेडको आयोजनामा आयोजित न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२६’ लाई सम्बोधन गर्दै मन्त्री सिन्हाले महिलालाई रोजगारीको अवसर दिलाउने भन्दा रोजगारदाता र नेतृत्वकर्ताको रुपमा सक्षम बनाउनु आजको आवश्यकता भएको बताए ।

“अब आर्थिक समृद्धि नारा मात्रै हैन, उद्यमशीलता विकासमार्फत हुनुपर्छ, नेपालको उद्यमशीलताको क्षेत्रमा भएको प्रगति, भोगेका समस्या र सरकारले गर्नुपर्ने सहजीकरण र सुधारका विषयमा विचार सुन्ने मौका पाँए, यी विषयलाई सुधारका पक्षमा ध्यान दिनेछौँ”, उनले भने । उनले नेपालको आर्थिक समृद्धिका लागि महिला उद्यमीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?