Butwal Today

सङ्खुवासभामा निर्वाचन तयारी तीव्र: ८ मतदान स्थल अति संवेदनशील

१ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

किमाथाङ्का (सङ्खुवासभा) ।

आसन्न निर्वाचन अन्तर्गत यहाँका आठ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । सुरक्षा संवेदनशीलताको हिसाबले आठ मतदान स्थललाई अति संवेदनशील वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिए ।

उनका अनुसार जिल्लाका १०९ मतदानस्थलमध्ये सुरक्षा संवेदनशीलताको दृष्टिकोणले आठ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको हो ।

जिल्लामा १०९ मतदानस्थलमध्ये ८२ मतदान स्थल संवेदनशील, १८ मतदान स्थल सामान्य सूचीमा वर्गीकरण गरिएको छ । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाठा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अलि संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान स्थल तथा केन्द्र छुट्टाइएको बताइएको छ । जिल्लाको अति संवेदनशील क्षेत्रमा तीन हजार ९२६ मतदाता छन् ।

भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य गरी मतदान स्थल तथा केन्द्र छटप¥याइएको छ । अति संवेदनशील, संवेदनशील र सामान्य मतदान स्थललाई हेरेर सुरक्षा रणनीति बनाइएको छ । जिल्लामा अति संवेदनशीलता आठ , संवेदनशील ८२ र सामान्य १९ छन् ।

अति संवेदनशील क्षेत्रमा तीन हजार ९२६ मतदाता र संवेदनशील मतदान स्थलमा ८६ हजार १३३ मतदाता रहेका छन् ।  अति संवेदनशील सूचीमा परेका मतदान स्थलमा सुरक्षा प्रबन्ध मिलाइने प्रजिअ थपलियाले जानकारी दिए ।

मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ । अति संवेदनशील मतदान स्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने छ ।

निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाका साथ जिल्लास्थित सुरक्षा निकाय परिचालन गरिने उनको भनाइ छ ।  एक निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा ६२ हजार १७२ पुरुष र ५७ हजार ४५८ महिलासहित  एक लाख १९ हजार ६३० मतदाता छन् ।

जिल्लामा एक सय  ९ मतदान स्थल र १६४ मतदान केन्द्र रहेका छन् । यस पटक तीन महिलासहित १६ जना चुनावी मैदानमा छन् । यसमा १५ दल र एक स्वतन्त्र उम्मेदवार छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?