Butwal Today

आईसीसी टी–२० विश्वकप : इटालीविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

२९ माघ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

आईसीसी टी–२० विश्वकपअन्तर्गत इटालीविरुद्धको खेलमा नेपाली टोलीले पहिले ब्याटिङ गर्ने भएको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा इटालीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्ने अवसर पाएको हो ।

इटालीविरुद्धको खेलका लागि नेपालले एक खेलाडी परिवर्तन गरेको छ । शेर मल्लको स्थानमा ललित राजवंशी प्लेइङ–११ मा परेका छन् । ललितले यसै खेलमार्फत विश्वकपमा डेब्यु गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?