Butwal Today

कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी

२९ माघ २०८२, बिहीबार
अ+
अ-

कपिलवस्तु ।

कपिलवस्तुमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी हुँदा बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकमा पर्ने शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा आज बिहान काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बसमा आगलागी भएको हो ।

प्रहरीका अनुसार बसमा सवार ४४ जना यात्रु सकुशल रहेका छन् । गुडिरहेको अवस्थामा बसको बायाँ चक्काबाट अचानक आगलागी सुरु भएको थियो । आगो लागेपछि चालकले बस सडक छेउमा रोकेर यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार स्थानीयवासी, प्रहरी तथा कपिलवस्तु नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिन प्रयास गरे पनि बस करिब आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको हो ।

घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?