Butwal Today

जीडीपी ३ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान

२७ माघ २०८२, मंगलवार
अ+
अ-

काठमाडौं। अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समिक्षा प्रतिवेदन अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ। गत वर्षको सोही अवधिमा जीडीपी वृद्धिदर २.९ प्रतिशत रहेको थियो।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कृषि क्षेत्रमा कुल मूल्य अभिवृद्धि (जीभीए) १.६ प्रतिशतले हुने अनुमान चालु वर्षमा मकै, कोदो, फापरजस्ता खाद्यान्न बाली, तरकारी, फलफूल र पशुपन्छी उत्पादन बढ्दा समग्र कृषि क्षेत्रमा सकरात्मक प्रभाव परेको छ। तर धान उत्पादन घट्ने भएकाले कुल वृद्धिदर तुलनात्मक रूपमा न्यून रहने देखिएको छ।

उद्योग क्षेत्रमा कुल मूल्य अभिवृद्धि ५.४ प्रतिशतले हुने अनुमान छ। ऊर्जा र निर्माण क्षेत्रका गतिविधि विस्तार हुँदा उत्पादनमूलक उद्योग र समग्र उद्योग क्षेत्रमा सकरात्मक असर परेको छ।

सेवा क्षेत्रमा कुल मूल्य अभिवृद्धि ३.० प्रतिशतले बढेको छ। थोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्थता, प्रशासन, रक्षा, पर्यटन र व्यक्तिगत सेवामा विस्तार हुँदा सेवा क्षेत्रलाई बलियो बनाएको छ।

पहिलो ६ महिनाको औसत मुद्रास्फीति १.७ प्रतिशतमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा यो ४. ९७ प्रतिशत थियो। पुष महिनामा वार्षिक आधारमा उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?