© 2026
गुल्मी ।
गुल्मीको रुद्रवेणी—वामीटक्सार सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने भएको छ ।
माघ २६ गते देखि फागुन १५ गतेसम्म उक्त सडक खण्डको सिस्ने भीरमा सडक चौडा गर्नका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द रहने छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले आइतबार एक सूचना जारी गर्दै उक्त सडक चौडा गर्न बन्द रहने भएकाले उक्त समय अवधिमा वैकल्पिक सडक प्रयोग गर्नका लागि आग्रह गरेको छ । सडक बन्द रहने समयमा सोता- तल्लाफाँट-रुपाकोट दोकुवा-सालघारी-चोरकाटे सडक र मजुवा-दम्का-रुपाकोट-म्यालपोखरी चोरकाटे सडक प्रयोग गर्नका लागि प्रशासनले आग्रह गरेको छ ।
