Butwal Today

राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारदेखि

२३ माघ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही माघ २५ र २६ गते राष्ट्रिय बहिरा ११–ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सात प्रदेशका कूल आठ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  बागमती प्रदेशबाट दुई टोलीको सहभागिता रहने  आयोजक ‘सुन्दर ढोका साथी सेवा’ले जनाएको छ ।

प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन् । प्रतियोगिताको उपाधि विजेता टोलीले ट्रफिसहित रु ५० हजार, उपविजेताले ट्रफिसहित रु ४० हजार र तेस्रो हुने टोलीले रु ३० हजार प्राप्त गर्नेछ ।

आयोजक संस्थाकी कार्यकारी निर्देशक विजेता लुइँटेल अधिकारीले बहिरा फुटबल प्रतियोगितामार्फत बहिरा अपाङ्गता भएका फुटबल खेलाडीको प्रतिभा उजागर गरिनेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहिरा फुटबल प्रतियोगितामा सहभागी हुने वातावरण बनाउन समेत प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । रासस