Butwal Today

फरार प्रतिवादी पक्राउ

१८ माघ २०८२, आइतबार
अ+
अ-

गुल्मी, १८ माघ । 

जेन्जी आन्दोलनका क्रममा जगनाथ देवल कारागार कार्यालय काठमाडौँबाट फरार रहेका प्रतिवादी गुल्मीमा पक्राउ परेका छन् ।
जबरजस्ती करणी मुद्दाका प्रतिवादी गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नम्बर ५ का मानबहादुर सरतुङगेलाई तम्घासको बसपार्कबाट आइतबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर सारूका अनुसार निजलाई नियन्त्रणमा लिई जिल्ला कारागार कार्यालय गुल्मीमा बुझाइएको छ ।