© 2026
गुल्मी,१५ माघ ।
गुल्मीमा श्रीमतीसँगको विवादमा बाबुले तीन महिने शिशुलाई भुँइमा पछारेर हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर. २ छल्दीटार बस्ने ४६ वर्षीय सन्तबहादुर कुमालले तीन महिने शिशु (छोरा) सुवास कुमाललाई भुँइमा पछारी हत्या गरेका हुन् ।
श्रीमतीसँगको विवादमा निजले मदिरा सेवन गरी मारेको निजकी छोरी सरिता कुमालले प्रहरीमा जनाएको प्रहरीले बताएको छ । निजलाई घरबाटै प्रकाउ गरी प्रहरी कार्यालयमा ल्याइएको र निज हालसम्म पनि मदिराको नसामै रहेको सारुले बताए ।
घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।