Butwal Today

पूर्वमाओवादी धारलाई एकतामा आउन दाहालको आग्रह

१४ माघ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका पूर्वमाओवादी धारका सबैलाई एकता प्रक्रियामा आउन आग्रह गरेका छन् ।

पार्टी मुख्यालय पेरिस डाँडामा आज आयोजित नेकपा र नेकपा माओवादी (एकता पक्षधर) बिचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आत्म समीक्षा गरेर राष्ट्रिय स्वाधीनताको पक्षमा एकताबद्ध हुन सबैलाई आह्वान गरे ।

“मुलुकलाई समृद्ध बनाउन र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि पनि एक पटक फेरि एकताद्वारा सामर्थ्यवान् बन्नुपर्ने आवश्यकता छ”, संयोजक दाहालले भने, “विभाजित अवस्थामा रहेका पूर्वमाओवादीको घर र आउनुपर्ने ठाउँ ‘यहीँ’ हो ।”

मुलुक अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले निर्वाचनबाट परिवर्तनकारी शक्तिलाई विजयी बनाउनुपर्ने बताए ।

कार्यक्रममा नेकपा (माओवादी) को एकता पक्षधर समूहका संयोजक चिरञ्जीवी ढकालको नेतृत्वमा सो पार्टीका केन्द्रीय सदस्यसहित नेता तथा कार्यकर्ता नेकपामा समाहित भएका हुन् ।  रासस