Butwal Today

राष्ट्रियसभा सदस्य निर्वाचनमा २७० मत खस्यो

११ माघ २०८२, आइतबार
अ+
अ-

दाङ, ११ माघ ।

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचन मतदान अपडेट १ बजेसम्म २७० मत खसेको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवरका अनुसार प्रदेश सभा सदस्य तर्फ  महिला २९ र पुरुष ४८ जम्मा ७७  जनाले मतदान गरेका छन् ।

स्थानीय तह सदस्य तर्फ  महिला ७७ र पुरुष ११६ गरी जम्मा १ सय १९३  मत खसेको छ।  लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८३ जना र दुई सय नौ स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर दुई सय १६ जना गरी जम्मा दुई सय ९९ जना मतदाता रहेका छन् ।

मतदानका लागि बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म समय निर्धारणका गरिएको छ। मतदान सकिए लगत्तै मत गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा एक अपाङ्गता, एक महिला र एक खुला गरी तीन वटा कलस्टरका लागि निर्वाचन भइरहेको छ ।
हाल एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, माओवादीका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिँदै छ।

भट्टराई खुलाबाट, घिमिरे महिलाबाट र शर्मा अपाङ्गता क्लस्टरबाट त्यहाँ पुगेका थिए । प्रदेशमा रिक्त तीन सिटका लागि मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच देखिन्छ ।

राष्ट्रियसभाका १९ जना सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिँदै छ । उनीहरूमध्ये राष्ट्रपतिबाट मनोनीत हुने १ बाहेक १८ पदमा चुनाव हुन लागेको हो ।

राष्ट्रियसभा सदस्यको चुनावमा प्रदेशसभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष मतदाता रहेका छन्  । केही प्रदेशसभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्षले राजीनामा दिई प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट उनीहरूको नाम हटाएको आयोगले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कुवरका अनुसार लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८७ जना  मध्ये ४ जनाले प्रतिनिधिसभामा उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएपछि अब जम्मा  ८३ जना रहेका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ जना मध्ये १ जनाले राजीनामा दिएका छन्  ।

गरी कुल ३०४ जना मतदाता रहेका छन् । यही मतदातामार्फत राष्ट्रिय सभा सदस्यको चयन गरिने छ ।