© २०२३
लमही-प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङका तीनवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले उत्साहपूर्ण वातावरणमा मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दाङ निर्वाचन क्षेत्र नम्बर १, २ र ३ गरी हालसम्म २७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसबाट योगेन्द्र चौधरी, नेशनल रिपब्लिक नेपालबाट मिन बहादुर ठेडी मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट खुम बहादुर गाहा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय बिसी, राष्ट्रिय जनमोर्चाबाट गणेश प्रसाद आचार्य तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट प्रकाश शाहले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरि नेकपाका मेटमणी चौधरी ,नेकपा एमाले रेवतीरमण शर्मा, रास्वपाका देवराज पाठक लागायतको उम्मेदवारी परेको निर्वाचन कार्यालय लमहीले जनाएको छ।
यस्तै दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट शंकर पोख्रेल, नेपाली कम्युनिष्ट पार्टीबाट निर्मल आचार्य, नेपाली कांग्रेसका कमलकिशोर घिमिरे, राष्ट्रिय जनमोर्चाबाट मनिराम खनालले उम्मेदवारी दिएका छन। नेपाल मजदुर किसान पार्टीबाट नवीन कुमार शाही उम्मेदवार बनेका छन् ।
मंगोल नेशनल अर्गनाइजेशनबाट अम्मर बहादुर बुढा, नेशनल रिपब्लिक नेपालबाट जितन पुन तथा स्वतन्त्र उम्मेदवारका रूपमा विष्णु कुमारी भुसाल, पदम प्रसाद पाण्डे, कल्पना लामा र बालाराम पौडेलले मनोनयन दर्ता गराएका छन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काग्रेसका दिपक गिरी ,नेकपा एमालेका घनश्याम पाण्डे , नेपाली कम्युनिष्ट पार्टीबाट धन बहादुर मास्कीले उम्मेदवारी दिएका छन । त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी, राष्ट्रिय जनमोर्चाबाट कमला जिसी, मंगोल नेशनल अर्गनाइजेशनबाट घनश्याम चौधरी उम्मेदवार रहेका छन् ।
यस्तै श्रम संस्कृति पार्टीबाट टोपबहादुर महतरा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट बल बहादुर ओली तथा स्वतन्त्र उम्मेदवारका रूपमा भरत परियार, इन्द्र बहादुर बस्नेत, गोपाल वली, यम बहादुर बस्नेत र सुरेश नेपालीले उम्मेदवारी दिएका छन् ।