ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

तानसेनमा खोलामै क्रसर

६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

पाल्पा, ६ माघ ।

सङ्घीय सरकारको स्पष्ट नीति र मापदण्ड हुँदाहुँदै पनि स्थानीय सरकारले त्यसको कार्यान्वयन नगर्दा पाल्पाको तानसेन नगरपालिकामाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।

खोला तथा वन क्षेत्रबाट कम्तीमा पाँच सय मिटर टाढा मात्र क्रसर उद्योग सञ्चालन गर्न पाइने सरकारी मापदण्ड विपरीत तानसेन नगरपालिका भित्र पर्ने तिनाउ खोलामा खुलेआम क्रसर सञ्चालन भइरहँदा पनि नगरपालिका मौन बस्नुले ‘सेटिङ’ को आशङ्का बढाएको छ ।

सङ्घीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालयले वडा नम्बर ९ मा डिलबहादुर मार्ग निर्माणको ठेक्का अर्घाखाँचीस्थित गोर्खा जयमाता जेभीलाई दिएको छ ।

सोही निर्माण कार्यको आडमा कम्पनीले तिनाउ खोलामै क्रसर प्लान्ट राखी खोलाबाटै बालुवा, गिट्टी र माटो उत्खनन गर्दै आएको स्थानीयको आरोप छ । अझ रोयल्टी नतिरी निर्माण सामग्री ओसार–पसार भइरहेको दाबी पनि गरिएको छ ।

तर यति गम्भीर गतिविधि भइरहँदा पनि नगरपालिकाका जिम्मेवार प्रतिनिधि बेखबर जस्तै देखिनुले प्रकरण झनै रहस्यमय बनेको छ ।
निर्माण कम्पनीले भने खोलामा राखिएको प्लान्ट निर्माण सामग्री सफा गर्नका लागि मात्र भएको दाबी गर्दै आएको छ ।

तर स्थानीयका अनुसार खोलाबाट उठाइएको माटोसहितको बालुवा सोझै सडकमा फिजारिँदा समेत सरोकारवाला निकाय मौन रहनुले प्रयोग भइरहेको सामग्रीको गुणस्तरमाथि प्रश्न उठेको छ । यसले निर्माणाधीन सडकको दीर्घकालीन टिकाउपनप्रति पनि आशङ्का पैदा गरेको छ ।

यस विषयमा बुटवल टुडेले जिज्ञासा राखेपछि नगरपालिकाको राजस्व शाखाका प्रमुख विष्णु पौडेलले नगर प्रहरी पठाएका थिए । तर निर्माण कम्पनीले ‘सफाइका लागि मात्र प्लान्ट राखिएको’ जवाफ दिएपछि नगर प्रहरी फर्किएको थियो ।

केही दिनअघि नगर प्रमुखसहितको टोलीले सो क्षेत्रको निरीक्षण गर्दा समेत कर्मचारीहरूले अवैध उत्खननबारे प्रश्न उठाएको एक नगर कर्मचारीले जानकारी दिए । तर यस प्रकरणमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठ सम्पर्कमा आउन चाहेनन् ।

उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले भने क्रसर सञ्चालनबारे अनभिज्ञता जनाउँदै नगर प्रमुखसँग समन्वय गरेर अघि बढ्ने प्रतिक्रिया दिइन् ।
स्थानीय दानबहादुर चिदी भन्छन्, “गुणस्तरहीन सामग्री प्रयोग र वातावरणीय मापदण्डको बेवास्ताले भविष्यमा ठुलो जोखिम निम्तिन सक्छ । त्यसको जिम्मेवारी कसले लिन्छ ?”

खोलामा भइरहेको अवैध उत्खनन र क्रसर सञ्चालनप्रति नगरपालिकाको मौनताले अब ‘अनदेखी’ कि ‘सेटिङ’ भन्ने प्रश्नलाई झनै तीव्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?