© २०२३
“माघ ६ गते जो–जो चुनिन चाहनुहुन्छ । उहाँहरूको मनोनयनपत्र दाखिला गर्ने समय हो । बिहान १० देखि बिहान ५ बजेसम्म । त्यो प्रयोजनका लागि आयोगले हिजो राति १२ बजेबाट आचारसंहिता लागु भएको स्थिति हो,” उनले भनेका छन् ।
भण्डारीले अब कुनै पनि पूर्वनिर्धारित तालिका संशोधन गर्ने समय नरहेको बताएका छन् । “अब कुनै पनि विषयवस्तुलाई पर सारे, संशोधन गर्ने, थप्ने घटाउनेलगायत विषयवस्तु सकिसकेको हुनाले तोकिएकै समयमा चुनिन चाहने, दल, स्वतन्त्र उमेदवारहरूले भोलि बिहान १० देखि ५ बजेसम्म मनोनयन दाखिल गराउनुहुन्छ,” उनले भनेका छन् ।
उनले थप भनेका छन्, “मनोनयनपत्र दाखिल गर्नुपर्ने तर, अहिले काठमाडौंमा नै रहनुभएको उमेदवारको हकमा पनि आफ्नो प्रतिनिधिमार्फत समर्थक, प्रस्तावकमार्फत लगायत आफैँ स्वयम् उपस्थित भएर मनोनयन पत्र दाखिल गर्नसक्ने कानुनी व्यवस्था भएकाले कोही चाहिँ आफ्नो निर्वाचन क्षेत्र पुगेर मनोनयन दाखिल गर्न सक्नुहुन्न कि भन्ने सन्दर्भलाई लिएर कार्यक्रममार्फत संशोधन हुन सक्दैन । तोकिएकै समयमा मनोनयन पत्र दाखिल हुन्छ ।” भण्डारीले तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन् । उनले मनोनयन दर्ता गर्न असहज हुनेलाई आयोगले सहजीकरण गर्ने उल्लेख गरेका छन् ।