ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

हिंसा र डकैतीको जालो तोड्दै प्रहरी

लुम्बिनी क्षेत्रमा लामो समय चल्दै आएको शृङ्खलाबद्ध बलात्कार र डकैतीको पर्दाफास भएको छ । हतियारसहित घरमा पसेर महिलामाथि हिंसा गर्ने र करोडौँ मूल्यको धनमाल लुट्ने गिरोह पक्राउ परेपछि सुरक्षा बलले ठुलो सफलता पाएको छ । आरोपीहरू भारत–नेपाल सिमानामा आधारित समूह हुन्, जसले स्थानीयलाई डरको वातावरणमा राखेर अपराध गर्दै आएका थिए । पक्राउसँगै पीडित परिवारले न्यायको आशा जगाएको छ र अनुसन्धान अझै जारी छ ।
४ माघ २०८२, आइतबार
४ माघ २०८२, आइतबार

भैरहवा, ४ माघ ।

असार २१ गते राति करिब साढे १२ बजेको समयमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ बस्ने आमाछोरीको अज्ञात समूहले बलात्कार गरी सुनचाँदीका गरगहना, मोबाइल समेत लुटपाट गरी फरार भएको प्रहरीमा उजुरी प¥यो ।

तर प्रहरीले तत्काल उक्त घटनाका आरोपी पत्ता लगाउन सकेन ।  यसैबिच कार्तिक २३ गते अन्दाजी साढे १२ बजे लुम्बिनी सांस्कृतिक नगरपालिकाकै वडा नम्बर ७ बस्ने ३९ वर्षीय एक महिलालाई लुटेराहरूको एउटा समूहले जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी प-यो ।

लुट्नको लागि आएका लुटेराहरूको समूहले करणी त गरे नै, उक्त घरबाट नगद, सुनचाँदीको गहना, मोबाइल समेत लुटेर लगे । पीडितहरूले तत्काल सो घटनाबारे प्रहरीमा उजुरी गरे पनि संलग्न व्यक्तिहरूको पहिचान गर्न सकेन ।

लुम्बिनी क्षेत्रमा लगातार जबरजस्ती करणी गरी लुटपाट समेतको घटना हुन थालेपछि प्रहरीको बदनामी हुन थाल्यो र यस्ता घटना नियन्त्रण गर्न दबाब पनि बढ्दै गएको थियो ।

यसैबिच मङ्सिर ८ गते फेरि अन्दाजी १२ बजे मायादेवी गाउँपालिका वडा नम्बर ४ झुलनीपुरमा ४६ वर्षीय अनिल कुमार सोनारले सञ्चालन गरेको खुदाबगर सुनचाँदी पसलमा एक जना महिला सहित ५/६ जनाको समूहले लुटपाट ग-यो ।

हातहतियार (पेस्तोल, खुकुरी) सहित आएका व्यक्तिहरूले पसल सञ्चालक अनिल कुमार सोनार र उनको श्रीमती बिन्द्रावती सोनारलाई हतियार देखाएर हातखुट्टा बाँधेर पसलमा रहेको ५३ लाख ७३ हजार ३४३ रूपैयाँ बराबरको सुनचाँदीको गरगहना, मोबाइलहरू समेत चोरी गरी फरार भए ।

मङ्सिर १२ गते फेरि साँझको करिब साढे ७ बजेको समयमा गैडहवा गाउँपालिका वडा नम्बर ३ मङ्गलपुरबाट मतिलाल भट्टराई पसल बन्द गरी घर जाने क्रममा हातहतियार देखाई उनीसँग रहेको मोबाइल, सुनका गहना, नगद समेत चोरी भयो ।

रुपन्देहीमा शृङ्खलाबद्ध डकैती र बलात्कार हुँदै गएपछि प्रहरीले त्यस क्षेत्रमा सक्रियता बढायो । अन्ततः प्रहरीले लुम्बिनी क्षेत्रमा भएको घटनाको ब्रेकथ्रु ग¥यो । अनुसन्धान गर्दै जाँदा प्रहरीले भारत सिद्धार्थनगर जिल्लाको डिहवा बस्ने ५२ वर्षीय रमजान खान सहित ३ जनालाई हतियार र चोरीका सामान सहित फेला पा-यो ।

अनि मात्र लुम्बिनीमा भइरहेको रुपन्देहीमा शृङ्खलाबद्ध डकैती र बलात्कारको घटनाको पर्दाफास भयो । रमजानसँगै भारत सिद्धार्थनगरकै ४२ वर्षीय सञ्जय पासी र गैंडहवा गाउँपालिका वडा नम्बर २ बिचौवापुर बस्ने ३७ वर्षीय दिपु भन्ने दिपेन्द्र कुमार लोहारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार उनीहरूबाट २ थान कटुवा पेस्तोल, “स्पेशल लङ्ग रेन्ज कार्टेज” नामक २ राउण्ड, गोली ५ राउण्ड, मोबाइल ११ थान लगायत खुकुरी, डिजिटल तराजु, सुन गलाउन प्रयोग गरिने लाइटर लगायतका समान बरामद गरेको छ ।

पक्राउ परेका रमजान खान लुम्बिनी र यस आसपास भएका सबै घटनामा संलग्न रहेको प्रहरीको दाबी छ । रमजानको समूह घरभित्र लुटपाट गर्न पसे पछि हतियार देखाएर पहिला घरमा भएका महिलाहरूलाई जबरजस्ती करणी गर्ने र पछि लुटपाट गरेर फरार हुने गरेको अभियोग लगाएको छ ।

“रमजान खाँन लगायत ३ जना पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा सबै घटना यही समूहका व्यक्तिहरूले गरेको देखियो”, कार्कीले भने “हामीले विभिन्न प्राविधिक पक्षहरूबाट प्रमाण संलग्न गरी यिनीहरू विरुद्ध जबरजस्ती करणी, सङ्गठित अपराध, डकैती लगायतको मुद्दा दायर गरिएको छ ।”

मङ्सिर ८ गते खुदाबगर सुनचाँदी पसलमा ५३ लाख ७३ हजार ३ सय ४३ रूपैयाँ बराबरका गहना लुटिएको घटनामा रमजान खान सहित राजेश कुमार कहाँर, जहरूल कमर फकिर, सञ्जय पासी, सकिल खान र हिना धोवीसहित ६ जनाको समूह संलग्न रहेको कार्कीले बताए । उनीहरू सबैलाई पक्राउ गरिएको कार्कीले जानकारी दिए ।

यस्तै असार २१ गते महिला र उनकी १४ वर्षीय छोरीलाई हतियार देखाई जबरजस्ती करणी गरी लुटपाट गरिएको घटनामा मुख्य योजनाकारका रूपमा पनि रमजान खानको संलग्नता पुष्टि भएको छ । पीडितले उनलाई सनाखत समेत गरेर किटानी जाहेरी दिएका छन् ।

कार्तिक २३ गते ३९ वर्षीय महिलालाई हतियार देखाई करणी तथा लुटपाट गरिएको घटनामा रमजान खान र सकिल खानविरुद्ध किटानी जाहेरी परेको छ । प्रहरीले अभियुक्तहरूको साथबाट ठुलो परिमाणमा हातहतियार र लुटिएका धनमाल बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिहरूविरुद्ध सङ्गठित चोरी तथा डाँका, जबरजस्ती करणी र हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।

यो समूह गैडहवा गाउँपालिकाको एक घरमा डेरा गरी बसेर सङ्गठित रूपमै विभिन्न वारदातहरू गरिरहेको थियो । लुटिएका धेरैजसो सामानहरू भारतमा बेचिएको र त्यसको पनि खोज बिन जारी रहेको कार्कीले बताए ।

लुकिछिपी बसेर सङ्गठित रूपमा अपराध गर्दै आएको गिरोह पक्राउ परेपछि स्थानीय सुरक्षा व्यवस्थामा ठुलो सफलता मिलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?