ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

भैरहवा, २ माघ । 

आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

यससँगै आजै जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै छ । निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय भैरहवाको बाल मन्दिरमा गरिएको छ ।

कार्यालय स्थापनाको अवसरमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले विषम परिस्थितिका कारण यो निर्वाचन तुरुन्तै सम्पन्न गर्नुपर्ने अवस्था आएको बताए । निर्वाचनलाई राजनीतिक दलहरूको उत्सवको रूपमा चित्रण गर्दै उनले स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि आयोग र राज्यका सबै संयन्त्रहरू लागिपरेको जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ ।

जिल्लामा २०९ वटा मतदान स्थल, ७३२ वटा मतदान केन्द्र रहेको छ । कुल मतदाता ६ लाख ७२ हजार ५२३ जना (फागुन २० सम्म १८ वर्ष पुग्ने) मध्ये ३ लाख २६ हजार ३११ जना महिला र  ३ लाख ४६ हजार २०३ जना पुरुष र ९ जना अन्य मतदाता रहेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले बताए ।

बस्नेतले फागुन महिनाका लागि तय गरिएको मुख्य कार्यतालिका  समेत सार्वजनिक गरेका छन् ।  जस अनुसार फागुन ६ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ, फागुन ७ गते उम्मेदवार विरुद्ध उजुरी दिने समय, फागुन ८ गते उजुरी उपर जाँचबुझ र बेलुका ७ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

फागुन ९ गते उम्मेदवारी फिर्ता लिने र उम्मेदवारहरूलाई चुनाव चिह्न वितरण गरिने कार्यक्रम रहेको बस्नेतले बताए । फागुन २१ गते मतदान कार्य सम्पन्न हुनेछ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको बताए ।

उम्मेदवार, कर्मचारी र मतदाताको सुरक्षाका लागि जिल्लाका सबै सुरक्षा अङ्गहरु सूक्ष्म रूपमा खटिएको उनले जानकारी दिए । साथै, निर्वाचनलाई भड्किलो र खर्चिलो नबनाउन र आचारसंहिताको पूर्ण पालना गर्न उनले राजनीतिक दलहरूलाई अपिल गरेका छन् ।

रुपन्देहीको क्षेत्र नम्बर १ देवदह नगरपालिकाको बहुउद्देश्यीय भवन, शितलनगरमा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिँदै छ । यहाँ निर्वाचन अधिकृतको रूपमा कपिल पौड्याल खटिएका छन् ।

क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिका, देवीनगर, ११ म्बरं वडा कार्यालयको नयाँ भवनमा निर्वाचन अधिकृतको कार्यालय खडा गरिएको छ भने यहाँ निर्वाचन अधिकृतको रूपमा राजेन्द्र न्यौपाने खटिएका छन् । क्षेत्र नम्बर ४ मा कोटहीमाई गाउँपालिका मझगाँवामा राखिएको छ ।

यहाँ निर्वाचन अधिकृतको रूपमा टोपबहादुर विष्ट खटिएका छन् । क्षेत्र नं ५ मा गैडहवा गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि निर्वाचन अधिकृतको रूपमा गोपीकृष्ण रेग्मीलाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?