© 2026
अर्घाखाँची ।
अर्घाखाँचीको धारापानीमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ भुमिकास्थान नगरपालिका ३ ठुलाखर्क स्थित भित्री सडक खण्डमा लु २ ख ३३२८ नम्बरको टिप्पर दुर्घटना हुँदा चालक प्युठान जिल्लाका ५८ वर्षीय कुशल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले बताएका छन् ।
गिट्टी लोड गरी ब्याक गर्ने क्रममा अचानक सडक बाट झन्डै ४ सय मिटर तल खस्न गई दुर्घटना भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।