Butwal Today

गुल्मीमा एक हप्तामा  १३२ जनाले राहदानी बनाउँदा झन्डै ७ लाख राजस्व सङ्कलन

२६ पुष २०८२, शनिबार
अ+
अ-

गुल्मी २६ पुस ।  

गुल्मीमा एक हप्ताको समय अवधिमा १३२ जनाले  राहदानी बनाउँदा   छ लाख  ९० हजार राजस्व सङ्कलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म  १३२ जनाले राहदानी बनाउँदा सात लाख   ९०  हजार रुपियाँ राजस्व सङ्कलन भएको हो ।

यस्तै एक हप्ताको समय अवधिमा  जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता १२४, प्रतिलिपि १३७, नावलक परिचयपत्र १० , राहदानीको आवेदन सङ्कलन १३२, राहदानी वितरण ४७१, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३०१, राष्ट्रिय परिचयपत्र वितरण २८२, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित ३२ भएको छ ।

यस्तै ११ वटा संस्था दर्ता तथा नवीकरणबाट १९  हजार, राष्ट्रिय परिचयपत्रबाट ११ हजार पाँच सय गरी कुल सात  लाख २० हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको हो ।