Butwal Today

सुनको भाउ आज तोलामा २ हजार १ सय रुपैयाँले बढ्यो

२५ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

हिजो र अस्ति घटेको सुनको भाउ आज तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा २ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ३५ रुपैयाँ थियो । अस्ति चाँदीको भाउ हालसम्मकै उच्च ४ हजार ९ सय ३५ रुपैयाँ पुगेको थियो ।