Butwal Today

वीरगञ्जमा जारी कर्फ्यू आज बेलुकी ६ बजेसम्म थप

२२ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा दुई समुदायबिच तनाव बढेपछि लगाइएको कर्फ्यु आज बेलुकी ६ बजेसम्मका लागि लम्ब्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले हिजो बेलुकी ६ बजेदेखि लागू गरेको कर्फ्यु आज बिहान ८ बजेसम्म र त्यसपछि दिउँसो १ बजेसम्म थप गरेको थियो । पुनः उक्त कर्फ्यु आज बेलुकी ६ बजेसम्म लम्ब्याइएको हो ।

वीरगन्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक तथा दक्षिणमा शङ्कराचार्य गेटसम्म कुनै पनि किसिमका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसैबिच, प्रमुख जिल्ला अधिकारी भोला दाहालले सामाजिक सद्भाव कायम गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।  सङ्घीय सरकार, मधेस प्रदेश सरकार, विभिन्न आयोग तथा सङ्घ–संस्थाहरूले पनि सामाजिक सद्भाव बिथोलिने खालका कार्यक्रम नगर्न आग्रह गरेका छन् ।