Butwal Today

शीतलहरले दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध, यात्रुहरू सास्तीमा (तस्बिरहरू)

१६ पुष २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

शीतलहरका कारण नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ ।

शीतलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने–खुर्सानी खोला क्षेत्रमा सडक चिप्लो हुँदा सवारी साधन चिप्लिने तथा अड्किने समस्या देखिएपछि राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्गमा केही दिनदेखि सवारी साधनहरूको लामो जाम लाग्दै आएको छ ।

शीतलहरका कारण सडक अवरुद्ध हुँदा यात्रुहरूले निकै सास्ती पाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीका अनुसार सवारी साधनको जाम बिस्तारै कटाइए पनि बाक्लो हुस्सुसहितको शीतलहरका कारण सवारी सञ्चालनमा निकै कठिनाइ भइरहेको छ ।

नारायणगढ–बुटवल सडकखण्डको पूर्वी खण्डतर्फ दाउन्नेदेखि दुम्कीबास जङ्गलसम्म करिब १ हजार ५ सय सवारी साधन जाममा फसेको सूचना अधिकारी जोशीले जानकारी दिए ।