© २०२३
गुल्मी, १२ पुस ।
गुल्मीमा एक हप्ताको समय अवधिमा १३१ जनाले राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म १३१ जनाले राहदानी बनाउँदा छ लाख ८० हजार रुपियाँ राजस्व संकलन भएको हो ।
यस्तै एक हप्ताको समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता २०८, प्रतिलिपि ११८, नावलक परिचयपत्र तीन , राहदानीको आवेदन संकलन १३१, राहदानी वितरण १२६, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन ३७७, राष्ट्रिय परिचयपत्र वितरण ३०२, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित ३१ भएको छ ।
यस्तै पाँच वटा संस्था नविकरण र एक हातहतियार नविकरणबाट तीस हजार, राष्ट्रिय परिचयपत्रबाट छ हजार पाँच सय गरी कुल सात लाख १६ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको हो ।