ट्रेंडिंग:

>> जिल्ला भेलाको तयारीमा जुट्दै हाटबजार व्यवसायी >> रौतहटको मदिरा उद्योगमा विष्फोट: १ जनाको मृत्यु, ६ जना घाइते >> मधु र कैटभ: हाम्रो मनभित्रको महायुद्ध >> मणिमुकुन्द सेन दरबार: छायामा पर्दै बुटवलको ऐतिहासिक इतिहास >> चराचुरुङ्गीको मुख्य वासस्थान गुल्मी >> प्रचण्ड र गगनको नाम रोल्पाबाट सिफारिस  >> तेल मिलमा भेटिन्छन् जिसस पूर्वउपप्रमुख >> गुल्मीमा  एक सातामा १३१ जनाले राहदानी बनाए >> प्रसारण लाइनको तारमुनिको जग्गा कित्ताकाट गर्न पाइने, सुरक्षा मापदण्ड भने यथावत् >> इराकका नेपालीलाई श्रम स्वीकृति दिने निर्णय, पर्नेछ यस्तो फरक >> माघीले जोड्दै थारु पहिचान >> गुल्मी सेवा समाज कतारद्वारा भाग्यशाली चिट्ठाको नतिजा सार्वजनिक >> रास्वपा बाणगंगा–९ भलवाडको प्रथम अधिवेशनबाट नमराज गुरुङको अध्यक्षतामा नयाँ समिति  >> शंकरनगर सामुदायिक वनको २५ औं साधारण सभा >>  दिवा सेवा केन्द्र: जहाँ भुल्छ ज्येष्ठ नागरिकको मन >> राप्ती स्वास्थ्य विज्ञान  प्रतिष्ठानमा कार्डियोलोजिष्ट सेवा सुरु हुँदै  >> तीन जिल्लाका सुरक्षा प्रमुखहरुको  बैठक रुरुक्षेत्रमा >> अर्घाखाँचीको सितगंगामा विस्फोटक पदार्थ फेला, नेपाली सेनाद्वारा डिस्पोज गर्ने तयारी >> लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा २१८ प्रहरी जवान दीक्षित >> बालेन, रवि र कुलमानको पार्टी एकताको लागि आजै हस्ताक्षर हुने तयारी >> विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेर्नुपर्छ : कांग्रेस नेता तिवारी >> प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा रिहा हुने >> फागुन २१ प्रतिनिधिसभा निर्वाचन : प्रचण्ड कहाँ–कहाँबाट भए उम्मेदवार सिफारिस ? >> परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए पद तथा गोपनीयताको शपथ >> अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना, चालकको  मृत्यु, १६ घाइते >> गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित >> सर्वोच्चले जाँचबुझ आयोगविरुद्धको रिट खारेज गर्‍यो >> प्रचण्डसँग छलफलका लागि मन्त्री खरेल हात्तीबन पुगे >> बालेन–रास्वपा एकतापछि पावर ब्यालेन्सको बारे छलफल >> ओलीको स्थानहदबारे सरकारको जवाफ : चुनावका लागि सबै उल्झन हटाइन्छ >> सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता >> सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ २ लाख ६९ हजार नाघ्यो >> पृथ्वीचन्द्र अस्पतालले पाएन सरकारको पैसा >> किन पाएन तरकारीले राम्रो भाउ ? >> चिसो मौसमको स्वास्थ्य समस्या र जोगिने उपाय >> ज्येष्ठ नागरिकप्रति सम्मानको खाँचो  >> रूपान्तरण हुँदै नटुवाको पुर्ख्यौली पेसा >> सरकारको लगानी: बालुवामा पानी >> विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै >> बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन >> जेनजी अगुवासँग बालेनको भेट : सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने तयारी >> नगरपालिकाले श्रमिक डेक्स बनाउने >> कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन >> औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीडः एकै दिन ६० हजार अवलोकनकर्ता >> सुशासनको खिल्ली उडाउँदै रिब्दीकोट >> केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार >> विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा >> प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा >> मेयर बालेनले रक्षाको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे >> १७ वर्षमा ४७ लाखभन्दा बढीले अवलोकन गरे नारायणहिटी सङ्ग्रहालय

प्रसारण लाइनको तारमुनिको जग्गा कित्ताकाट गर्न पाइने, सुरक्षा मापदण्ड भने यथावत्

१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

काठमाण्डाै –

सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ ।

प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको यो व्यवस्था गएको कात्तिक २७ गतेको राजपत्रमा प्रकाशित भइ कार्यान्वयनमा आइसकेको छ ।

नयाँ व्यवस्था अनुसार प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने भए पनि सुरक्षाका मापदण्ड भने यथावत् रहने छन् । प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रभित्र घरलगायतका संरचना निर्माण, अग्ला रुख रोप्न वा जोखिमयुक्त गतिविधि गर्न भने पाइँदैन ।

प्रसारण लाइन निर्माण तथा सञ्चालनका क्रममा लाइनको सुरक्षित सञ्चालन, मर्मत–सम्भार र सार्वजनिक सुरक्षालाई ध्यानमा राखि लाइनको केन्द्रबाट दायाँ र बायाँ दुवैतर्फ निश्चित दूरीसम्मको क्षेत्रलाई राइट अफ वे तोकिएको हुन्छ । राइट अफ वेको चौडाइ प्रसारण लाइनको भोल्टेज स्तर, टावरको उचाइ, तारको झुन्डिने अवस्था (स्याग) तथा प्राविधिक मापदण्डका आधारमा निर्धारण गरिन्छ ।

६६ तथा १३२ केभी प्रसारण लाइनका लागि तारको केन्द्रबाट दायाँ बायाँ ९/९ गरि १८ मिटर, २२० केभी प्रसारण लाइनको १५/१५ गरि ३० मिटर र ४०० केभीको २३/२३ गरि ४६ मिटर राइट अफ वे रहने व्यवस्था छ ।

प्रसारण लाइन निर्माण गर्दा टावर प्याड रहने ठाउँको जग्गा मुआब्जा रकम दिएर अधिग्रहण गरिन्छ । अर्थात् जग्गाको स्वामित्व आयोजनाको नाममा रहन्छ । तर राइट अफ वेमा भने जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी निश्चित प्रतिशत क्षतिपूर्ति दिइन्छ ।

अहिले राइट अफ वेमा पर्ने जग्गाको मूल्याङ्कन गरिएको रकमको १०–२५ प्रतिशतसम्म क्षतिपूर्ति सम्बन्धित जग्गाधनीलाई दिइँदै आएको छ । सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखि आएमा जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कायम रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?