Butwal Today

एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौं ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ र ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ र सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?