ट्रेंडिंग:

>> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी

पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश

३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

काठमाडौँ ।

पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह मेसिन खरिद गर्दा राज्यलाई हानि–नोक्सानी पुर्‍याएको आरोपमा दायर मुद्दामा विशेष अदालतले थप प्रमाण संकलन र प्राविधिक परीक्षण गर्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य न्यायाधीश हेमन्त रावलको संयुक्त इजलासले बुधबार पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव डा मिलनकुमार थापासमेत प्रतिवादी रहेको भ्रष्टाचारसम्बन्धी मुद्दामा बोलपत्र संशोधनदेखि मेसिनको अवस्था र भुक्तानी विवरणसम्मका कागजात झिकाउन निर्देशन दिएको हो ।

अदालतले पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह मेसिन खरिदका लागि २०८० असार ५ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सार्वजनिक सूचनापछि, सूचना म्यादभित्रै बोलपत्रका सर्त संशोधन गर्ने गरी २०८० असार ३१ गते कोषका कार्यकारी निर्देशकबाट भएको निर्णयको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको छ ।

यसैगरी, अदालतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट खरिद प्रक्रिया स्थगन गर्ने भनी २०८० भदौ ५ गते राज्यमन्त्रीस्तरबाट भएको निर्णय, सोही खरिद प्रक्रिया स्थगन नगरी निरन्तरता दिनु पर्ने भनी २०८० भदौ १३ गते मन्त्रीस्तरबाट भएको निर्णयका प्रमाणित प्रतिलिपि पेश गर्न निर्देशन दिएको छ ।

अदालतको आदेशअनुसार म्याप इन्टरप्रेनर्स प्रालिसँग २०८० असोज २३ गते चारवटा विद्युतीय शवदाह मेसिन आपूर्ति गर्ने सम्झौता भएको थियो ।

सम्झौताअनुसार दुई मेसिन आपूर्ति भई जडान भइसके पनि बाँकी दुई मेसिन हालसम्म आपूर्ति नभएको अदालतले उल्लेख गरेको छ ।

अदालतले बाँकी मेसिनको आपूर्ति र जडान कुन चरणमा पुगेको हो भन्ने स्पष्ट विवरण, साथै १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसाको कुल सम्झौता रकममध्ये हालसम्म कति रकम भुक्तानी भएको हो भन्ने मिति र रकमसहितको विस्तृत विवरण पेश गर्न पशुपति क्षेत्र विकास कोषलाई आदेश दिएको छ ।

अदालतले जडान भइसकेका दुई शवदाह मेसिनको अवस्था मूल्याङ्कन गर्न अदालतले नेपाल इन्जिनियरिङ परिषद् अन्तर्गतका यसअघि खरिद प्रक्रियामा संलग्न नभएका तीनजना स्वतन्त्र प्राविधिकविज्ञ मार्फत मेसिन सञ्चालन अवस्थामा छन् वा छैनन्, मर्मत सम्भार आवश्यक छ कि छैन, जडान गर्दाको अवस्था र हालको अवस्थामा कुनै प्राविधिक अन्तर देखिन्छ कि देखिँदैन भन्ने विषयमा स्थलगत निरीक्षण तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न आदेश दिएको छ ।प्रतिवेदन पेश गर्ने विज्ञलाई पछि विशेषज्ञ साक्षीका लागि अदालतमा उपस्थित गराइनेछ ।

अदालतले मुद्दा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै अदालतले सबै आदेश यथाशीघ्र कार्यान्वयन गरी नियमानुसार पेश गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?