ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन 

२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

अर्घाखाँची, ०२ पुस ।

सुपा देउराली मन्दिरमा उठेको भेटी तथा अन्य सामाग्रीको पारदर्शितामा सन्धिखर्क नगरपालिकाले चासो देखाएको छ ।

मन्दिर व्यवस्थापन समिति नभएको अबस्थामा मन्दिरमा पारदर्शिता अपनाउन सुपा देउराली मन्दिरमा उठेको भेटी तथा दानको रकमलाई पारदर्शी गराउने उद्देश्यका साथ सन्धिखर्क नगरपालिकाले सिसिटिभी जडान गरेको छ ।

सुपा मन्दिरमा राखेको सिसिटिभीलाई नगरपालिकाको कार्यालयबाट अनुगमन गर्न मिल्ने गरि जडान गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताएका छन् ।

नेपालकै महत्त्वपूर्ण धार्मिक गन्तव्यका रूपमा १०० औँ स्थान भित्र पर्ने सुपा देउराली मन्दिरको धार्मिक महिमा बढ्दै गएको अवस्थामा पारदर्शिता आवश्यक रहेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

मन्दिरमा व्यवस्थित किसिमको लकर जडान नहुँदासम्म दैनिक रूपमा सङ्कलन हुने भेटी तथा अन्य सामाग्री स्थानीय प्रहरी, सम्भव भएसम्म जनप्रतिनिधि र सरोकारवाला स्थानीय भद्र भलादमी सहितको उपस्थितिमा सि.सि.टि.भि क्यामेराको निगरानीमा भेटी सङ्कलन गरी दैनिक रूपमा वा भेटी सङ्कलन भएको भोलि पल्ट मन्दिरको नाममा रहेको बैङ्क खातामा दाखिला गरी सोको बैङ्क भौचर लिई आम्दानी राख्न नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले मन्दिरका लेखापाललाई पत्राचार गरेका छन् ।

मन्दिर संरक्षण समिति निर्माण नहुँदासम्म मन्दिर व्यवस्थापनमा खटिने पुजारी र अन्य आवश्यक व्यवस्थापकहरूलाई कुनै किसिमको पारिश्रमिक भेटी रकमबाट उपलब्ध नगराउने साथै निजहरूलाई आवश्यकता अनुसार कामकाजमा लगाइ दैनिक हाजिरी राख्ने र मन्दिर संरक्षण समितिको गठन पश्चात् पारिश्रमिक भुक्तानी गर्ने सुनिश्चितता सहित मन्दिरको आवश्यक कामकाजमा लगाउन नगरपालिकाले निर्देशन गरेको छ ।

मन्दिर संरक्षण समितिको गठन नहुँदासम्म मन्दिरलाई आर्थिक दायित्व सिर्जना हुने खालका कुनै पनि कार्य नगर्ने नगराउने साथै मन्दिरमा नियमित हुने पूजापाठको लागि आवश्यक पर्ने सामग्री मन्दिरको नाममा खरिद गरी लिने र मन्दिर संरक्षण समितिको गठन पश्चात् भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

मन्दिरमा दैनिक रूपमा सङ्कलन हुने भेटीघाटी सोही दिन मन्दिरको वेव पेज लगायतका सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउन नगर प्रमुखले आग्रह गरेका छन् । मन्दिरमा चढाउने बलीको मुड (टाउको) सम्बन्धित पूजा गर्ने बलिदातालाई कुनै पनि शुल्क नलिई फिर्ता दिनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?