ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

२०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय

२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

काठमाडौँ ।

विसं २०८३ को पञ्चाङ्ग २०८२ सालअनुरूप नै गर्ने गरी पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसी निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

विविध कारणबाट पञ्चाङ्ग रुजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकीग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न केही समय लाग्ने एवं थप छलफल गर्नुपर्ने देखिएकाले पञ्चाङ्ग प्रकाशन गर्न ढिलाइ भइसकेको हुँदा सेवाग्राहीलाई समस्या पर्ने देखिएकाले २०८२ सालअनुरूप नै गर्न लागिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिए।

विसं २०८३ को पञ्चाङ्ग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेस गर्नु भनी सूचना जारी गरिएको थियो।

समितिको निर्णय मुताविक नेपाल राष्ट्रका लागि प्रकाशित हुने पञ्चाङ्गका सन्दर्भमा गत वर्ष नै पञ्चाङ्ग खण्ड परम्परागत सौरोक्त पद्धतिमा आधारित रही गर्ने निर्णय भएको थियो।

अन्य ग्रहहरू ज्योतिर्गणितम् तथा केतकीग्रहगणितम्का आधारमा गणना गरी पञ्चाङ्ग प्रकाशित भएको थियो।

साथै सौरोक्त पद्धतिबाटै समय सापेक्ष आकाशको ग्रहस्थितिसँगै मिल्ने गणना सुधार गर्न सिद्धान्त ज्योतिषका राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त ज्योतिषी विद्वान आमन्त्रण गरी छलफल कार्य तत्काल अघि बढाउने निर्णय समेत गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?