© २०२३
काठमान्डौ, १ पुष ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतीय प्रशिक्षक हर्षल जयन्त पाठक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
यसअघि पाठक थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षकका रूपमा कार्यरत थिए । महिला क्रिकेटमा अन्तर्राष्ट्रिय अनुभव बोकेका पाठकको नियुक्तिले टिमको प्राविधिक पक्ष थप सुदृढ हुने क्यानको विश्वास छ । क्यानका प्रवक्ता छुम्बी लामाले नयाँ प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएका हुन् ।
हाल नेपाली महिला राष्ट्रिय क्रिकेट टिम काठमाडौँमा आईसीसी विमेन्स टी–२० ग्लोबल क्वालिफायरको तयारीमा जुटिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक कार्यतालिका अनुसार उक्त तयारी क्याम्प यही जनवरी १२ देखि फेब्रुअरी १, २०२६ सम्म सञ्चालन हुनेछ ।
क्यानका अनुसार प्रशिक्षक पाठकको अनुभव, रणनीतिक क्षमता र अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञताले आगामी प्रतियोगितामा नेपाली टिमको प्रदर्शन अझ मजबुत हुने अपेक्षा गरिएको छ ।