Butwal Today

एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने

२८ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २८ मंसिर ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अब पार्टीको कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

७० वर्ष पूरा गरिसकेका ज्ञवालीले चुनावी प्रतिस्पर्धामा नउत्रिने भए पनि पार्टी गतिविधिमा सक्रिय रहने स्पष्ट पारेका छन् ।

भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले यो घोषणा गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद भने हटाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?