ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश

२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

काठमाडौं, २७ मंसिर ।

भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदान आइतबार नेकपा एमालेका लागि केवल महाधिवेशन उद्घाटनस्थल मात्र रहेन, त्यो पार्टीको राजनीतिक पुनरुत्थानको मंच बन्यो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि जनआक्रोशको केन्द्रमा परेका दलहरूमध्ये पहिलोपटक ठूलो राजनीतिक जमघट गर्न सफल एमालेले त्यसै माध्यमबाट एउटा स्पष्ट सन्देश दियो- राजनीतिक दलहरूको जनाधार कमजोर भएको छैन।

जेनजी आन्दोलनपछि रक्षात्मक बनेका दलहरूबीच महाधिवेशन गर्ने साहस एमालेले मात्रै देखायो। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं आन्दोलनका क्रममा बालुवाटारबाट हेलिकप्टरमार्फत बाहिरिनुपरेको घटनाले कार्यकर्ता तहमा निराशा फैलिएको थियो। त्यही पृष्ठभूमिमा हजारौं कार्यकर्तालाई एकै स्थानमा उभ्याउनु एमालेका लागि चुनौती थियो।

 उद्घाटनमा देखिएको ठूलो उपस्थितिले एमाले नेतृत्वलाई राजनीतिक आत्मविश्वास फिर्ता दिलाएको देखिन्छ।

उद्घाटन समारोहमा देखाइएको भिडिओ—सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाइएको दृश्य-एमालेले अबको राजनीतिक बहसलाई कुन बिन्दुमा केन्द्रित गर्न चाहन्छ भन्ने स्पष्ट संकेत थियो।

केपी शर्मा ओलीः ‘एमाले कमजोर होइन, अझ परिपक्व भएको छ’

महाधिवेशन उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर भएको भन्ने भाष्यलाई अस्वीकार गरे । उनले महाधिवेशनमा देखिएको जनसहभागिता, उत्साह र अनुशासनलाई एमालेको वास्तविक शक्ति भएको उल्लेख गर्दै भने, “एमाले कठिन समयबाट सिक्दै अझ परिपक्व र जिम्मेवार पार्टी बनेको छ।”

ओलीले लोकतान्त्रिक प्रतिस्पर्धालाई पार्टीको शक्ति ठहर गर्दै नेतृत्व चयन प्रक्रिया स्वाभाविक र स्वस्थ भएको दाबी गरे । साथै उनले राष्ट्रिय हित, स्वाधीनता, विकास र सुशासनका सवालमा एमाले फेरि निर्णायक भूमिकामा उभिने बताए । देशलाई स्थिर र निर्णायक नेतृत्व चाहिएको र एमाले त्यो भूमिका निर्वाह गर्न सक्षम छ भन्ने भन्दै ओलीले विगतका विवादमा भन्दा अब भविष्यको भूमिकामा जोड दिनु आफैँमा रणनीतिक देखिन्छ । यसले एमाले अब आन्तरिक विवादभन्दा बाहिर निस्केर राष्ट्रिय राजनीतिमा पुनः नेतृत्वदायी भूमिका खोज्दैछ भन्ने बुझिन्छ ।
ओलीले भदौ २४ को घटनालाई ‘राज्यको मेरुदण्ड भाँच्ने दीर्घ षड्यन्त्र’ भन्दै त्यसविरुद्ध उभिनु नै एमालेको अबको राजनीतिक लाइन हुने घोषणा गरे।

उनले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकार हटाउन संसद वा निर्वाचन नै पर्याप्त हुने अवस्थामा देशलाई खरानी बनाउने प्रयास गरिएको दाबी गरे। एमालेका लागि यो केवल सरकार जोगाउने मुद्दा नभई संवैधानिक व्यवस्था र राज्यको अस्तित्व जोगाउने संघर्षका रूपमा प्रस्तुत गरिएको छ।

उद्घाटन समारोहमै जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ओलीले भावनात्मक र चेतावनी मिश्रित सन्देश दिए। पार्टी नेतृत्वमाथि भएका आक्रमण, सिमरामा कार्यक्रम अवरुद्ध हुनु र नेता महेश बस्नेत सवार गाडीमा रंग छ्यापिएको घटनालाई स्मरण गराउँदै ओलीले एमालेसँग ‘टकरिन नआउन’ अप्रत्यक्ष चेतावनी दिए।

उनको भाषणले एमाले आफूलाई जेनजी विरोधी देखाउने प्रयासलाई राजनीतिक ‘ट्याग’को रूपमा व्याख्या गरेको स्पष्ट हुन्छ। विगतमा वृद्धवृद्धा विरोधी, क्रान्ति विरोधी, मधेस विरोधी, पहिचान विरोधीजस्ता आरोप चिर्दै आएको एमालेले अहिलेको आरोप पनि चिर्ने दाबी गर्‍यो।

महाधिवेशन उद्घाटनको अर्को महत्त्वपूर्ण पक्ष एमालेभित्रको एकताको सन्देश हो। ओलीले कसैको नाम नलिई कुनै दल वा नेतामाथि कटाक्ष नगर्नु स्वयंमा रणनीतिक देखिन्छ। ‘एघार बन्न दुईवटा एक सँगै उभिनुपर्छ’ भन्ने प्रतीकात्मक अभिव्यक्तिमार्फत उनले पार्टीभित्रको दूरी घटाउने सन्देश दिए।

उनको जोड स्पष्ट थियो— एमाले–एमालेबीचको एकता नै सुरक्षित नेपालको पहिलो सर्त हो।

महाधिवेशनमार्फत एमालेले आफू निर्वाचनका लागि तयार रहेको संकेत पनि दिएको छ। तर ओलीले फागुन २१ मा चुनाव नहुने स्पष्ट पार्दै संसद पुनर्स्थापनालाई नै तत्कालीन राजनीतिक प्राथमिकता बनाएका छन्। महासचिव शंकर पोखरेलले पनि स्वागत मन्तव्यमा संसद विघटनको मुद्दालाई आक्रामक रूपमा नउठाउनु एमालेको सन्तुलित रणनीतिक संकेतका रूपमा हेरिएको छ।

दल दर्ता र सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध एकै दिन मुद्दा दर्ता गरेको एमालेले सल्लाघारीबाट दिएको सन्देश स्पष्ट छ— पुनर्स्थापना र निर्वाचन दुवैका लागि एमाले राजनीतिक रूपमा तयार छ।

जेनजी आन्दोलनपछिको राजनीतिक अन्योलबीच सल्लाघारीको भीड एमालेका लागि केवल संख्यात्मक उपस्थिति थिएन; त्यो पार्टीले आफू अझै खेलमै छ भन्ने घोषणा थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?