ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ

२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

काठमान्डौ, २५ मंसिर ।

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोग उच्च पदस्थ पदाधिकारीहरूको समन्वयमा गराइएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा उनले संसद भवन परिसरमा तोडफोड र आगजनी बढ्दै गएपछि कर्फ्यू जारी गरेर बल प्रयोग गर्नुपरेको उल्लेख गरेका छन् ।

रिजालले जवाफमा भनेका छन्, “पर्खाल तोडफोड तथा आगजनीपछि स्थिति नियन्त्रणमा लिन उच्च पदस्थ पदाधिकारीहरूसँग समन्वय गरी जिल्ला सुरक्षा समितिको सिफारिसमा संसद भवन आसपासमा कर्फ्यू आदेश जारी गरिएको थियो ।” तर उनले ती उच्च पदस्थ पदाधिकारीको हुन् भन्ने खुलाएका छैनन् ।

कर्फ्यूपछि प्रदर्शनकारी तितरबितर हुने अपेक्षा गरे पनि स्थिति झनै संवेदनशील बनेको उल्लेख गर्दै उनले भनेका छन्, “एकातिर संसद भवनलाई तोडफोड र आगजनीबाट बचाउनुपर्ने थियो, अर्कोतिर प्रदर्शनमा रहेका युवाहरूको ज्यान सुरक्षा गर्नुपर्ने दुवै चुनौती एकसाथ थिए ।”

रिजालका अनुसार सुरक्षाकर्मीहरूले प्रदर्शनलाई शान्त पार्न प्राथमिक रूपमा न्यूनतम बल प्रयोग गरेका थिए, तर परिस्थिति क्रमशः अनियन्त्रित बन्दै गएपछि तनाव चुलिएको हो । उनले सुरक्षाकर्मीलाई न्यूनतम बल प्रयोगका लागि निर्देशन दिएको उल्लेख गर्दै अन्तिम विकल्पस्वरूप मात्र ‘घुँडाभन्दा तल रबरको गोली चलाउन’ आदेश दिएको दाबी गरेका छन् ।

तर, सोही दिन उनले अनलाइनखबरसँगको प्रतिक्रियामा ‘गोली चलाउन आदेश आफूले नै दिएको’ स्वीकार गरेका थिए ।

कर्फ्यू जारी गर्न उच्च पदस्थ तहसँग समन्वय गरेको बताउने रिजालले त्यसपछि बल प्रयोगको मात्रा बढाउने विषयमा कससँग समन्वय थियो भन्ने भने खुलाएका छैनन् । उनले घुँडामुनी गोली चलाउने आदेश मात्र दिएको स्वीकार गर्दै, वास्तविक गोली प्रहार संसद भवनभित्र खटिएको विशेष सुरक्षा दस्ताबाट भएको दाबी गरेका छन् ।

उनले जवाफमा लेखेका छन्, “कर्फ्यूको आदेशपछि पनि भौतिक सम्पत्तिभन्दा प्रदर्शनमा सहभागी युवाहरूको जीवन महत्वपूर्ण हो भन्ने बुझेकोले मबाट ‘फाइभ फायर’ ९घातक गोली० चलाउन आदेश जारी गरिएको छैन ।”

रिजालले संसद भवनको चारैतिर तोडफोड तथा आगजनी भइरहेको र सुरक्षाकर्मीमाथि हिंसात्मक आक्रमण भएको परिस्थितिको वर्णन गर्दै, भवनभित्र राष्ट्रिय वाणिज्य बैंक, कानून आयोग, लगानी बोर्ड, तथा झण्डै ४० हजार लिटर क्षमताको डिजेल रिजर्भ भएको कारण बल प्रयोग अपरिहार्य बनेको जिकिर गरेका छन् ।

उनका अनुसार, संसद भवनभित्रको सुरक्षा सुनिश्चित गर्न एकीकृत विशेष सुरक्षा योजनाअनुसार खटिएका विशेष सुरक्षा दस्ता तथा अन्य सुरक्षाकर्मीहरूले तत्कालीन परिस्थितिको सामना गर्न बल प्रयोग गरेका थिए ।

त्यो दिन संसद भवन वरपर १९ जनाको मृत्यु भएको घटनाप्रति आफू पदीय तथा व्यक्तिगत रूपमा गहिरो दुःखित भएको उल्लेख गर्दै रिजालले कानून तथा विवेकसम्मत रूपमा काम गरेको भन्दै आफूलाई कारबाहीको दायरामा ल्याउनु नपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?