ट्रेंडिंग:

>> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते 

जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान

२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

काठमाडौँ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगले बिहीबार पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग बयान लिने भएको छ।

बयानका लागि बुधबार आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वर प्रसाद भण्डारीले प्रस्न तयार गरिसकेका छन्। यसअघि मंगलबार सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग सोधपुछ गरिएको थियो।

खापुङ जेनजी आन्दोलनकाने समयमा नेपाल प्रहरीको महानिरीक्षक थिए। आन्दोलनमा २३ गते प्रहरीले अत्याधिक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ।

यसअघि खापुङलाई आयोगले २४ घण्टे स्पष्टिकरण समेत सोधेको थियो। आयोग गठन भएको केही दिनमै आयोगले प्रहरीसँग फिल्डमा खटिएका प्रहरीहरुको विवरण माग गरेको थियो। जसको जवाफमा प्रहरीले जवानदेखि आईजीपीसम्म फिल्डमा खटिएको उल्लेख गरेर पठाएका थिए।

त्यसपछि आयोगले अर्को पत्र पठाएको थियो। त्यसको जवाफ लामो समयसम्म नपठाएपछि आयोगलाई असहयोग गरेको भन्दै खापुङलाई २४ घण्टे स्पष्टिकरण नै सोधेको थियो। तर त्यही बिचमा उनले उक्त स्पष्टिकरणको जवाफसँगै आयोगले माग गरेको विवरण पनि पठाएका थिए।

त्यसको केही दिनमै खापुङ कात्तिक २६ गतेबाट अनिवार्य अवकास भएका थिए। अवकासमा गएका खापुङसँग त्यतिबेलाको मारेमा आयोगले सोधपुछ गर्न लागेको हो।

पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग पनि बिहीबार नै बयान लिने भएको छ। जेनजी आन्दोलनको समयमा गृहसचिव रहेका दुवाडीलाई अन्तरिम सरकारले असोज ७ गते सरुवा गरेको थियो। उनलाई गृहसचिवबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। गृहसचिवको जिम्मेवारी रामेश्वर दंगालले पाएका छन्।

दुवाडीलाई पनि जाँचबुझ आयोगले विदेश जान प्रतिबन्ध लगाएको छ। काठमाडौँबाहिर जान पनि प्रतिबन्ध लगाएको थियो। तर यसबिचमा उनी आयोगसँग अनुमति लिएर उपत्यकाबाहिर गएका छन्।
जेनजी आन्दोलनमा दमन गर्न दुवाडीको पनि भूमिका रहेको भन्दै उनलाई पनि आयोगले सुरुमै कडाइ गरेको हो।

बिहीबार दुवाडी र खापुङसँग बयान लिएपछि आयोगले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाउने भएको छ। आन्दोलनको पहिलो दिन मानवस्रोत विभागमा रहेका कार्कीलाई खापुङले २४ गते काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा खटाएका थिए।

आईजीपी कार्कीको बयान यसपछि हुने जाँचबुझ आयोगका प्रवक्ता समेत रहेका पूर्व एआईजी शर्माले बताए। उनका अनुसार त्यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखकलाई र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइने उनको भनाई छ।

पूर्व गृहमन्त्री लेखकले पनि आफूलाई आयोगले अहिलेसम्म कुनै जानकारी नदिएको बताएका छन्। लेखकले भने, ‘अहिलेसम्म मलाई आयोगले मौखिक वा लिखित रुपमा बोलाएको छैन।’

प्रधानमन्त्री ओलीले आयोगमा बयान दिन नजाने बताउँदै आएका छन्। तर लेखकले भने यसअघि नै बयानका लागि तयारी गरिसकेको उनी निकट स्रोतले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?