ट्रेंडिंग:

>> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ

सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन

२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

 काठमाडौं, २४ मंसिर ।

सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकहरूलाई दोहोरो वा तेहरो पद ग्रहण नगर्न निर्देशन दिएको छ ।

विभागले सहकारी ऐनअनुसार एक व्यक्तिले एक समयमा एक पदमै बस्नुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट निर्देशन जारी गरेको हो ।

विभागले सोमबार गरेको निर्णयअनुसार सहकारी ऐन, २०७४ को दफा ४१(५) मा रहेको एक व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था र दफा ४४(१) खण्ड (ग) मा रहेको कसैलाई अर्को सहकारी संस्थामा सञ्चालक भएमा पूर्वपदमा निरन्तर बस्न नसक्ने प्रावधान तत्काल लागू गर्न सम्बन्धित सबै संस्थालाई भनिएको छ ।

विभाग र नियमनकारी निकायहरूबाट जारी निर्देशन तथा मापदण्ड पालना नगरी हालसम्म केही व्यक्तिहरू दोहोरो सञ्चालकका रूपमा कार्यरत रहेको पाइएकाले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ अपनाउन सबै सहकारी संस्था र सञ्चालक सदस्यलाई निर्देशन गरिएको विभागले जनाएको छ ।

सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायहरूबाट जारी निर्देशिका तथा मापदण्ड विशेषगरी बचत तथा ऋण मुख्य कारोबार गर्ने सहकारी संस्थाका लागि बनेको नियामकीय मापदण्ड र २०८१ को परिच्छेद ७ मा रहेको एकै अवधिमा एक व्यक्तिले एकभन्दा बढी संस्थाको सञ्चालक वा पदाधिकारी हुन नपाइने व्यवस्था यथाशीघ्र लागू गर्न विभागले आग्रह गरेको छ ।

राष्ट्रिय सहकारी बैंकदेखि सहकारी संघ संस्थासम्मका दोहोरो पदका मुद्दा सार्वजनिक भएपछि विभागले यो नयाँ निर्देशन जारी गरेको हो ।

सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धन गर्दै मूल्य, मान्यता र सिद्धान्तलाई मजबुत बनाउने तथा सहकारीलाई मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको मेरुदण्डका रूपमा स्थापना गर्न कानुन पालन अनिवार्य भएको विभागले स्पष्ट पारेको छ ।

विभागका अनुसार कानुन तथा नियमनकारी निर्देशनको पालना गर्नु, स्वार्थको द्वन्द्वका कारण हुन सक्ने स्रोतको दुरुपयोग रोक्नु र सञ्चालक समितिमा कानुनअनुसार वैधानिकता कायम गर्नु प्रत्येक सदस्यको जिम्मेवारी हो ।

नियमनकारी निकायहरूले अनुगमन, निरीक्षण, नियमन तथा सुपरीवेक्षणको क्रममा उल्लिखित कानुनी व्यवस्था पालना भएको/नभएको अवस्था मूल्यांकन गरी उल्लंघन पाइएका सहकारी संस्थामाथि सहकारी ऐन तथा नियमावलीअनुसार आवश्यक कारबाही गर्न विभागले निर्देश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?