ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित

२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

भैरहवा, २३ मङ्सिर ।

नेपाल सरकारले मङ्सिर २० गते जारी गरेको भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भैरहवा भन्सार कार्यालयमा कार्यरत भन्सार एजेन्टका कर्मचारीहरू आन्दोलित भएका छन् ।

उनीहरूको आकस्मिक आन्दोलनका कारण आइतबार भैरहवा भन्सारबाट एक रुपैयाँ पनि राजस्व असुली हुन सकेन, जसले दैनिक करोडौँको राजस्व लक्ष्यमा गम्भीर असर पारेको छ ।

आन्दोलित भन्सार एजेन्टहरूले विशेष गरी मङ्सिर २० गते देखि लागू भएको भन्सार ऐन, २०८२ को दफा ७१ को उपदफा (झ) को व्यवस्थाको विरोध गरेका छन् ।

उक्त दफामा गरिएको व्यवस्था अनुसार “(झ) घोषणाकर्ताले दफा २० को उपदफा (३) बमोजिम विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा वस्तुको विवरण घोषणा गर्दा संलग्न गर्नु पर्ने कागजात फरक रूपमा संलग्न गरेमा त्यस्तो घोषणाकर्तालाई सो घोषणा बमोजिम लाग्ने भन्सार महसुलको दश प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी त्यस्तो वस्तु जाँच पास गर्न,” भन्ने उल्लेख छ ।

भन्सार एजेन्टहरूका अनुसार यो व्यवस्था अव्यवहारिक र कडा छ । कागजात संलग्न गर्ने प्रक्रियामा सामान्य त्रुटि वा मानवीय भूल भएमा पनि लाग्ने महसुलको दश प्रतिशत (१०%) जरिवाना तिर्नुपर्ने भएकाले यसले काम गर्न असहज बनाएको र अनावश्यक आर्थिक भार थोपरेको उनीहरूको तर्क छ ।

आन्दोलनकर्ता राजु बस्नेतले पहिला सहज रूपमा भइरहेको कामलाई पनि यो ऐनले बल्झाएको बताए । “काम गर्दा त्यहाँ मानवीय त्रुटि हुन सक्छ त्यसमा ठुलो जरिवाना लगाउँदा हामी बेरोजगार हुने अवस्था आउँछ ।” बस्नेतले भने “त्यो रकम व्यापारी र भन्सार एजेन्टले तिर्दैन त्यो हामीले हाम्रै तलबबाट काट्ने हो ।”

आन्दोलित पक्षले यसको निकास ननिस्के सम्म काम नगर्ने जनाएका छन् । दफा ७१ (झ) मा भएको १०% जरिवानाको व्यवस्था खारेज वा घटाउनुपर्ने वा घोषणा गर्दा संलग्न गरिएका कागजात फरक परेमा लाग्ने १० प्रतिशत जरिवाना निकै चर्को भएकोले यसलाई घटाएर १% वा २% जति सीमित गरिनुपर्ने आन्दोलित पक्षले माग गरेका छन् ।

विद्युतीय माध्यमबाट विवरण घोषणा गर्दा प्राविधिक कारण वा मानवीय भूलबाट कागजात फरक पर्न सक्छ । सानो त्रुटिलाई पनि जालसाजी वा बदनियत पूर्ण कार्य मानेर ठुलो जरिवाना लगाउनु अन्यायपूर्ण रहेको बस्नेतले बताए ।

उनले भने “बदनियत पूर्ण ढङ्गले गरिने त्रुटि र साधारण त्रुटिबिच स्पष्ट विभेद गरिनुपर्छ । जानाजान राजस्व छल्ने उद्देश्यले गरिएको कार्यमा मात्र कडा कारबाही हुनुपर्छ, नकि असावधानीले हुने त्रुटिमा ।”

तर यस विषयमा नेपाल भन्सार एजेन्ट संघले भने आधिकारिकता जनाएको छैन । सङ्घका रुपन्देही अध्यक्ष मधु पन्थीले यो भन्सार एजेन्ट सङ्घको आन्दोलन नभई एजेन्टहरूसँग काम गर्ने कर्मचारीको रहेको बताए ।

तर कर्मचारीहरूको माग जायज रहेकोले अब यस विषयमा कसरी अगाडि बढ्ने विषयमा छलफल गरिरहेका उनको भनाई छ । नयाँ ऐन लागू गर्नुअघि भन्सार एजेन्टहरूलाई पर्याप्त तालिम र ऐनका प्रावधानबारे जानकारी दिइनुपर्ने र जटिल कानुनी प्रक्रियालाई सरलीकृत गर्नुपर्ने पन्थीको भनाई छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार भैरहवा भन्सारले यो महिनाको लक्ष्य ८५९ करोडको लक्ष्य पाएको छ । यस हिसाबले दैनिक ३३ करोड रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य भन्सारको छ ।

तर भन्सार एजेन्टको कर्मचारीको आन्दोलनका कारण आइतबार पूरै दिन भन्सार जाँच पासको काम अवरुद्ध हुँदा सम्पूर्ण राजस्व सङ्कलन ठप्प भएको छ । देशकै प्रमुख भन्सार नाकाहरूमध्ये पर्ने भैरहवा भन्सारबाट राजस्व असुली नहुँदा समग्र राष्ट्रिय राजस्व सङ्कलनमा समेत तत्काल असर परेको छ ।

उनले आन्दोलन गर्ने व्यक्तिहरू आधिकारिक रूपमा भन्सार सँग सम्बन्धित नभएकोले को सँग कुरा गर्ने भन्नेमा अन्यौलता रहेको बताए । “भन्सार एजेन्टहरूले हाम्रो आन्दोलन हैन भन्नुहुन्छ तर काम पनि गर्नुहुँदैन ।” पौडेलले भने “म आफैले कुरा गर्न खोज्दा पनि कुरा अगाडी बढ्न सकेन ।”

दफा ७१ (झ) को व्यवस्था राजस्व चुहावट नियन्त्रण र अन्तर्राष्ट्रिय व्यापारलाई व्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउन आवश्यक रहेको जिकिर गर्दै उनले यो प्रावधानले भन्सार एजेन्ट र आयातकर्ताहरूलाई विद्युतीय माध्यमबाट वस्तुको विवरण घोषणा गर्दा उच्चतम सावधानी अपनाउन बाध्य पार्ने बताए ।

यसबाट कागजातमा हुने मनगढन्ते विवरण पेश गर्ने प्रवृत्ति रोकिने उनको भनाई छ । उनले भने “सरकारले भन्सार प्रक्रियालाई विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौता ( टिएफए) र संशोधित क्योटो महासन्धि अनुरूप बनाउन यो ऐन ल्याएको हो ।

कडा प्रावधानहरूले प्रणालीमा सुधार ल्याउँछ ।” भन्सार प्रशासनले हरेक मामिलामा बदनियतको अवस्था हेरेर जरिवाना लगाउने वा नलगाउने निर्णय गर्न सक्छ । तर ऐनमा कडा व्यवस्था राख्नुले भविष्यमा हुने छल्ने प्रयासलाई निरुत्साहित गर्ने प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?