© २०२३
काठमाडौं, २२ मंसिर ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीदको सूचीमा समावेश गर्ने काम सुरु भएको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलरमार्फत उक्त ४५ जनाको नामावली राख्न निर्देशन दिएको छ ।
उनीहरूलाई “ जेनजी सुशासन योद्धा ” को रूपमा मान्यता दिँदै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ती नामहरु तीन दिनभित्र राख्न पत्राचार गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णय अन्तर्गत आइतबार मात्रै यो निर्णय भएको हो ।
मन्त्रालयका शाखा अधिकृत पदमबहादुर खत्रीद्धारा हस्ताक्षरित पत्रमा सबै सीडीओ कार्यालयलाई सम्बोधन गर्दै तीन दिनभित्र नामावली राख्न भनिएको छ ।
