ट्रेंडिंग:

>> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा

रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी

२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

नवलपरासी, २२ मङ्सिर । 

जिल्लाको रामग्राम नगरपालिका भित्र रहेका खोलाहरूबाट व्यापक रूपमा भई रहेको बालुवा भष्कट चोरी तस्करी गर्ने कार्य नरोकिएको गुनासो स्थानीयले गरेका छन् ।

नगरपालिकाको बेवास्ता र प्रहरीको मिलेमतोमा तस्करी हुने गरेको आरोप स्थानीयवासीले लगाएका हुन् । स्थानीयले आफ्ना घर प्रयोगका लागि त्यही भस्कट र बालुवा ल्याउन खोज्दा प्रहरीले रोक्ने तर खोला भित्रबाट खुलेआम चोरी तस्करी गर्दै भैरहवासम्म पु¥याउने कार्य भई रहँदा प्रहरी र जनप्रतिनिधिले कुनै वास्ता नगर्दा दिनप्रतिदिन खोलाबाट बालुवा भस्कट चोरी क्रम बढ्दै गएको रामग्राम १५ डिघवलका एक स्थानीयले बताए ।

हामी गाउँलेहरूले गाउँ छोएरै बगेको तुरिया खोलाबाट बालुवा र भस्कट ल्याउन खोजियो भन्ने सोधी खोजी हुन्छ, उनले भने, तर प्रहरीको मिलेमतोमा गाउँको दक्षिण र उत्तर तर्फबाट खुलेआम खोलाबाट चोरी निकासी हुने गरेको छ । यसमा जनप्रतिनिधिको मौन स्वीकृति भएको उनका भनाइ थियो ।

जनताले कर बुझाएन भन्ने काम रोक्ने र ताकेता गर्ने तर त्यही खोलाबाट लाखौँको राजस्व गुम्दा पनि नगरपालिकाले नबोल्ने नगरपालिकाको दोहोरो चरित्र देखाएको उनको आरोप थियो ।

प्रहरीलाई फोन गर्दा प्रहरीबाट फोन नम्बर तस्करी गर्ने व्यक्तिले पाउँछन्, विभिन्न बहानामा निहुँ खोजेर धम्काउने तर्साउने कार्य गर्ने गर्दा अहिले प्रहरीलाई फोन गरेर जानकारी गराउने कार्य पनि गर्न छाडियो ।

फोन आउँदा प्रहरीले तस्करी रोक्नु भन्दा त्यही फोनलाई आधार बनाई आफ्नो भागको रकम वृद्धिका सौदाबाजी गर्ने समेत गरेको उनको भनाई थियो ।

तस्करहरूले तिमी फोन गरेर के पाउँछौँ भन्दै धम्काउने गर्छन्,उनले थपे,केही खर्च थपिने हो, तिमिहरूले रोकाउन सक्छौ ? भने रोकाएर देखाऊ भनेर धम्किपूर्ण भाषा प्रयोग गर्दा आँखा अगाडि नै चोरेर लैजाँदा गाउँले निरीह बनेको उनको गुनासो थियो ।

नगरपालिकालाई यदि राजस्व उठाउन सक्दैन, रोक्न पनि सक्दैन भने खुल्ला गरे पनि भयो, जसलाई जति आवश्यकता पर्छ, सोही अनुसार सबैले आफ्नो उपयोगमा ल्याउन सक्छन् । खोलामा तस्करी राज चलाउन किन छुट् दिएको छ, नगरपालिकाले उनले प्रश्न गरेका थिए ।

नगरपालिकासँग आफ्नै एक्स्काभेटर पनि छ, नगरपालिका नजिकै त्यही झरही नदीमा घुमाउने फिराउने र इन्धन खर्च देखाएर रकम कुम्ल्याउने बाहेक केही भएको छैन । नगरपालिका कै एक्स्काभेटर छ, भने नदीको वातावरणीय प्रभाव मूल्याङ्कन गराई खोला जन्य पदार्थ उत्खनन गरी भण्डारण गर्न पनि सक्छ ।

त्यो भण्डारणबाट जो सुकैले तोकिएको राजस्व तिरेर लैजान फाउँछ । खोलामा तस्करको राज प्रहरीको भाग मात्रै देखिन्छ, सुक्रौलीका एक स्थानीयले भने, यसमा जनप्रतिनिधिहरूको पनि पक्कै मिलीभगत नभई कसरी खोलामा चोरी हुन्छ ? रामग्राम नगरपालिका भित्र बालुवा र भस्कट ठुलो मात्रामा हुने तुरिया, झरही र भलुहि खोला छ ।

बेलामै निकासी ठेक्का लगाइयो भने करोड बढीको राजस्व र्संकलन हुन सक्छ । त्यसले सबैलाई न्यायोचित व्यवहार हुन्छ । चोरी तस्करीले उपभोक्तालाई कुनै पनि लाभ छैन, उल्टै तस्करले सबैलाई मिलाएर ल्याउनु पर्छ भनेर महँगो दररेट सुनाउँछन् ।

आखिरमा ती सबै बालुवा र भस्कट चोरेर भण्डारण गर्ने र टिपरमा लोड गरी भैरहवासम्म जाने गरेको उनको दाबी थियो । चोरी तस्करीमा ध्यान पु¥याउनु पर्ने नागरिक समाजका सचिव अनिल अग्रहरीले बताए ।

यता नगरपालिकाले गत वर्ष केही मात्रामा बालुवा र भस्कट निकासी गरी घाटगदिद् गरेर ठेक्का मार्फत नै निकासी भइरहेको दाबी गरेको छ । तर नगरपालिकाको घाटगद्दि नजिकैबाट पनि खोलामा ठुलो मात्रामा निकासी गरिएको स्थानीयले स्थान देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?