ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि
कालिका कलेजको १२ औ वार्षिकोत्सव 

मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी

२१ मंसिर २०८२, आइतबार
२१ मंसिर २०८२, आइतबार

बुटवल, २१ मङ्सिर ।

बुटवल कालिका कलेजको १२ औ वार्षिकोत्सव अवसरमा सप्ताहव्यापी कार्यक्रम आइतबार  छात्रछात्रा डोरी तान तथा शिक्षकहरू बिच क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताको छात्रतर्फ बिबिएस प्रथम वर्षको समूहले उपाधि चुमेको छ । यसै गरी बिबिएस प्रथम वर्षको समूह दोस्रो तथा बिसिए सातौ सेमीस्टारको समूह तेस्रो भए । यता छात्रातर्फ बिबिएस दोस्रो वर्षका समूह प्रथम, बिबिएस तेस्रो वर्षको समूह दोस्रो तथा बिएड प्रथम वर्षको समूह तेस्रो भएको छ ।

यसैबिच क्रिकेट खेललाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बुटवल कालिका कलेजका टिचर्स स्टाफ र ननटिचर स्टाफका बिचमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ ।

एक्स्ट्रा टेक ओभेल क्रिकेट मैदानमा आइतबार भएको प्रतियोगिताको उपाधि टिचर्स स्टाफ टिम ४७ रनले विजयी भएका छन् ।

टस जितेर ननटिचर स्टाफ समूहले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रेको टिचर स्टाफले निर्धारित १६ ओभरको खेलमा ५ विकेटको नोक्सनीमा ९९ रन बनाए । टिचरका विष्णु न्यौपानेले ५० रन तथा निर्मल अर्यालले १२ रनको योगदान दिए ।

मध्यम लक्ष्य पछ्याएको ननटिचरको समूह ११ ओभरमा केवल ५२ रनमा समेटियो । कम स्कोरमा रोक्न टिचरका प्रभात पौडेलले ४ बिकेट लिए । ननटिचर्सका रामचरित्र चौधरीले ३० रन बनाउनुका साथै २ विकेट लिए भने सुर्य दलार्मीले १४ रन बनाए ।

समुदायप्रति योगदानमा आधारित विशेष सरसफाई कार्यक्रम सोमबार आयोजना गरिने कलेजका ईसिए शिक्षक रेश्मीराज शर्माले बताए । कालिका कलेजले मङ्सिर २४ गते वार्षिकोत्सवको औपचारिक समापन कार्यक्रम हुने छ ।

२०७० सालमा कालिका माविको भवनबाट स्नातक कक्षा शुरू गरेको कालिका सामुदायिक क्याम्पसमा हाल बिबिएस, बिसिए, बिए, बिएड र स्नातकोत्तरमा एमए आरडी विषयमा ४ हजार विद्यार्थीले अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?