ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी

२१ मंसिर २०८२, आइतबार
२१ मंसिर २०८२, आइतबार

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गर्न तयारी अघि बढाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीसहितका सम्बन्धित व्यक्तिहरूलाई प्रतिवादी बनाएर मुद्दा चलाउने प्रक्रिया अघि बढाउन अख्तियार स्रोतले जानकारी दिएका छन् ।

पोखरा विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संसदीय समितिले अख्तियारलाई छानबिन गर्न निर्देशन दिएको थियो । संसदीय समितिको सिफारिसपछि अख्तियारले छानबिन पूरा गरी मुद्दा दर्ताको तयारी गर्दैछ ।

तत्कालीन सार्वजनिक लेखा समिति मातहत गठन गरिएको उपसमितिले विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी अनियमितता भएको ठहर गरेको थियो । वैशाख ०८२ मा बुझाएको प्रतिवेदनमा ठेक्का सम्झौतादेखि नै अनियमितता र भ्रष्टाचार भएको उल्लेख गरिएको छ ।

उपसमितिको निष्कर्षअनुसार, लागत नै ८ अर्बले बढाएर ठेक्का प्रक्रियाबाट भ्रष्टाचार सुरु गरिएको, लागत अनुसारको काम नगरी अतिरिक्त भुक्तानी गरिएको, रनवे निर्माणमा हिनामिना गरिएको, सम्झौता विपरीत दुई अर्बभन्दा बढी कर छुट दिएको, परामर्श सेवा र इन्धन भण्डारणमा हिनामिना गरिएको ठहर गरिएको छ ।

प्रतिवेदनअनुसार, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्वमहानिर्देशक सञ्जीव गौतम र राजन पोखरेल, निर्देशकत्रय बिनेश मुनाकर्मी, चाँदमाला श्रेष्ठ र ई. बाबुराम पौडेल, उपनिर्देशक ई. प्रवीण न्यौपाने तथा प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेलमाथि छानबिन गरी कानुनअनुसार हदैसम्मको कारबाही गर्न अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिनुपर्ने उल्लेख छ ।

प्रतिवेदनमा विभिन्न शीर्षक र उपप्रतिवेदनमा शङ्कास्पद खर्च उल्लेख गरिएको छ । कर छुटमा सबैभन्दा धेरै २ अर्ब २२ करोड रुपैयाँ अनियमितता भएको देखाइएको छ ।

एसी किन्ने रकम ९ करोड ६५ लाख ३८ हजार, नाली निर्माणमा १ अर्ब ३८ करोड ४२ लाख, काम नगरी ग्राभेल माटोमा ७१ करोड ४८ लाख,

ट्याक्सी रनवेमा माटो भरेको भन्दै २१ करोड ७ लाख, माटो भर्न खर्च देखाएर काम नगरी भुक्तानी २ अर्ब ८९ करोड ३० लाख, परामर्श सेवामा ३६ करोड ४० लाख, इन्धन भण्डार नबनाए पनि खर्च देखाएको २ करोड ८६ लाख, छिनेडाँडा काट्ने ठेक्का खर्च ३२ करोड २ लाख ।

उपरोक्त विवरण अनुसार कुल करिब ८ अर्ब २३ करोड २५ लाख रुपैयाँ भ्रष्टाचार भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा खुला प्रतिस्पर्धा विना, अस्पष्ट विधिमा वा अस्वीकृत भुक्तानीका रूपमा खर्च गरिएको रकम जोड्दा यो अङ्क निस्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?