Butwal Today

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु 

२१ मंसिर २०८२, आइतबार
अ+
अ-

दाङ ,२१ मङ्सिर । 

दाङको श्रीगाउँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तुलसीपुरबाट हंसपुरतर्फ जाँदै गरेको रा ७ प ५६७८ नम्बरको मोटरसाइकललाई जाजरकोटबाट तुलसीपुरतर्फ गइरहेको २९ ना ६ख २६३५ नम्बरको ट्रकले हिजो (शनिवार) राति ८ बजेतिर श्रीगाउँमा ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी विनोदराज खत्रीले बताए  ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार कालीमाटी गाउँपालिका–३ निवासी २३ वर्षका भिषण पुन रहेको प्रहरीले जानकारी दिएको छ । सोही घटनामा परेर गम्भीर घाइते मोटरसाइकल चालक बबइ गाउँपालिका–३ निवासी गणेश वलीलाई थप उपचारका लाग भारतको लखनौ लगिएको  प्रहरीले जानकारी दिएको छ ।